बाबुरामको प्रश्न : मधेश प्रदेश किन हुन सक्दैन ?

जनकपुरधाम । प्रदेशको नामकरण हुन नसकेपछि प्रदेश २ का जनप्रतिनिधीको आलोचना सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै २ नम्बर प्रदेशको नाम ‘मधेस प्रदेश’ किन हुन सक्दैन ? भनेर प्रश्न गरेका छन् ।

‘मधेसी पहिचानलाई संविधानले नै स्वीकार गरिसकेको अवस्थामा प्रदेश २ को नाम मधेस प्रदेश किन हुन सक्दैन ?’ उनले लेखेका छन् ।

आज ट्वीट गर्दै उनले पूर्वमाओवादी नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा पूर्वनयाँशक्तिका नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै सो प्रश्न गरेका हुन् । अन्त्यमा उनले लेखेका छन, ‘कुछ तो शरम करो यारो !’

उनको ट्वीटमा प्रतिक्रियाको ओइरो लागेको छ । कतिपयले उनलाई हिन्दी भाषा भन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।

उनको ट्वीटको प्रतिक्रियामा नेकापाका प्रभावशाली नेता रामचन्द्र झाले लेखेका छन् ‘भर्खरै बाबुराम भट्टराई जी को एउटा ट्वीट पढे, मधेस नामाकरणमा हामी लाई सम्झिनु भएको छ, वहाँलाई जानकारी भएकै विषय हो कि, हामीले पहिलो संविधान सभाको राज्य पुनर्संरचना समिति र पछी आयोगबाट समेत सःअस्तित्व को सिद्धान्तलाई मानेर उक्त प्रदेश को नाम मिथिला भोजपुरा मधेस हुनु पर्ने र जनकपुर राजधानी पनि सर्वसम्मत टुँगिए कै विषय हो ।’

फेरी एकल मधेस को हठ किन र राजधानीलाई समेत विवाद मा पार्ने काम किन भन्दै प्रश्न समेत गरेका छन् । ‘हामी सघियता का पक्षधर हौ, तर हामीलाई मिथिला, जानकी र जनकपुरलाई वलि दिएर नतमस्तक भएर केही उन्मादी र अहंकारीहरुको अगाडि आत्मसमर्पण गर्न मंजूर छैन ।’ नेता झाले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीमा बाढीको जोखिम कायमै