नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ ।
नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी