मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित


टीकापुर । कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका बासिन्दाहरु मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि चिन्तित छन् । गाउँमै बाढी पस्ने जोखिमले उनीहरूलाई झरी परेको रात निद्रा लाग्दैन ।

मोहना पारि भारतसँग सीमा जोडिएको शिवरत्नपुरमा ९५ बढी घरधुरी छन् । मोहना नदी कटानले यसपालि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । नदी कटान रोक्न दीर्घकालीन योजना नबन्दा बर्सेनि बर्खा लागेसँगै सो गाउँका नागरिकले खुला चौरमा बास बस्नुपर्ने बाध्यता छ ।

उनीहरू शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले वञ्चित छन् । शिवरत्नपुर गाउँको बीचमा बग्ने मोहना नदीका कारण सडक यातायातको पहुँच छैन् । स्थानीय तहको काम गर्न, स्वास्थ्य उपचार, विद्यालय आवतजावत गर्नुप¥यो भने डुङ्गाको भर पर्नुपर्छ । बर्खायाममा नदीमा बाढी आए स्थानीय डुङ्गाबाट नदी तर्न सक्दैनन् ।

विगत तीन वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे अझै बन्न सकेको छैन् । नदी कटानले पुल निर्माणस्थल पनि बगाउने स्थिति आइसकेको छ । सरकारले केही वास्ता गरेको छैन’ स्थानीय कमलप्रसाद चौधरीले गुनासो गर्दै भने, ‘राज्यको बेवास्ताका कारण गाउँलेले सास्ती खेप्नु परेको छ ।’

किसानको खेतीयोग्य जमिन मोहना नदीले बगाएर बगर बनाएको छ । नदीका कारण बस्ती नै बगाउने खतरा बढेपछि सुरक्षित आवासका लागि र दीर्घकालीन रूपमा नदी कटान रोक्न ढुङ्गा तारबारसहितको तटबन्ध निर्माण गरिदिन उनीहरूले सरकारसँग माग राखेका छन् ।
‘नदीले हरेक वर्ष धार फेरिरहन्छ । कहिले कतापट्टिबाट बग्छ ? कहिले कता ? कता कटान गर्ने हो पत्तै हुँदैन । तीन महिना श्रमदान गरेर बनाएको अस्थायी बाँध पनि नदीले बगाएर लग्यो, स्थानीय सन्तराम चौधरीले भने, ‘अहिले टहरामा बास भएको छ ।’ नदी छेउछाउका घर डुबान परेपछि खुला स्थानमा त्रिपाल टाँगेर बस्नुपरेको स्थानीय चनैधरीको भनाइ छ ।

शिवरत्नपुरबाट कक्षा पाँचपछि पढ्न हसुलियाल गायतका अन्य ठाउँ जानुपर्छ । नेपाल तर्फको भागमा मोहना नदी छ । विद्यालय जाँदा डुङ्गा तरेर विद्यालयसम्म जानुपर्छ । नदीमा बाढी आएको बेला पनि स्कुल जान समस्या भएको स्थानीय सगुनी चौधरीले बताइन् । शिवरत्नपुरमा कुनै अस्पताल, स्वास्थ्य चौकी छैन । खोप केन्द्र निर्माण गरिए पनि सञ्चालनमा नआएको स्थानीयको गुनासो छ ।
उपचार गर्न भारततिर जानुपर्ने त्यहाँकाबासिन्दाको बाध्यता हो । सहज पर्छ । तर, कहिलेकाहीँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले निहुँ खोजेर बाटोमै अल्झाइदिने गरेको यहाँका स्थानीय सुनाउँछन् । नेपालतर्फ आउन त्यही मोहना नदी बाधक बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामचन्द्रलाई जगन्नाथकाे प्रस्ताव : रेणु दाहालको उम्मेदवारी फिर्ता हुन्छ भने म पनि झिक्छु