काठमाडाैं । पश्चिम सुर्खेतमा जन्मिएका डिजे सन्तोष पूर्वी इलामको पशुपति नगरमा हुर्किए । त्यसपछि केही समय झापाको दमकमा होस्टल बसेर पढें अनि काठमाडौं आएँ । संस्कृति र भूगोल फरक भएपनि होस्टल बस्दाका साथीहरुसँगको आत्मियता निकै थियो, जसले उनलाई अन्य संस्कृति’bout बुझ्ने अवसर प्रदान गर्यो ।
‘बाबु विद्युत प्राधिकरणको जागिरे हुनुभएकाले सानैदेखि उहाँ जता जानुभयो , त्यतै गइयो,’ उनले भने । सुर्खेतको झ्याउरे र पशुपति नगरमा मेलो पप सुन्दै हुर्किएका सन्तोषलाई नयाँ–नयाँ संस्कृति देख्न र त्यस’bout जान्न सधैं रमाइलो लाग्छ ।
काठमाडौं आइसकेपछि उनले कम्प्युटर साइन्स विषयमा पाटन क्याम्पसमा पढ्न थाले । यसपछि उनलाई व्यवसाहिक रुपमै बन्ने गायक भूत सवार भयो । तर त्यतिबेला एल्बम निकाल्न निकै झन्झटिलो थियो । ‘गीत रेकर्ड गर्न र भिडियो बनाउन लाग्ने सम्पूर्ण खर्च गायकले नै तिर्नुपर्ने थियो । दिनको एकपटक ३० सेकेन्डको प्रोमो बजाएबापत टेलिभिजनलाई दुई हप्तामा १० हजार जति तिर्नुपर्ने थियो । फोटोसुटमा चार हजार लाग्थ्यों,’ उनले भने,‘यी सबै प्रक्रिया गर्न त सबै तयार नै थिए । त्यसमध्ये पनि जसलाई म्युजिक कम्पनीले पत्यायो, उसको एल्बममात्रै आउँथ्यों । राम्रो डिल भयो भने क्यासेटमा ७ र सिडीमा २० रुपैयाँसम्म रोयल्टी पाइन्थ्याें, सुरुमा एल्बमको ५ सय कभरमा गायकको हस्ताक्षर हुन्थ्यों । ५ सयवटा पुरै क्यासेट बिक्री भइसकेपछि नयाँ हस्ताक्षरका लागि कम्पनीका मान्छे आउँथ्यें र त्यतिबेला पुरानो पैसा दिन्थें । पुरै बिक्री भएन भने पैसा नआउन पनि सक्थ्यों ।’
आफैं स्टुडियो, एकैपटक ठूलो डिल
जोशमा आएर सन्तोषले १९९८ तिर आफैं म्युजिक स्टुडियो खोले । अनामनगरमा खोलिएको उक्त स्टुडियोको नाम ‘म्युजिकनेस्ट’ थियो । यस कम्पनीबाट चलेका धेरै गायकहरुको क्यासेट र एल्बम निकाले । आफैंले पनि एक दुईवटा गीत रेकर्ड गरे, तर ती गीत उनले बजारमा लगेका थिएनन् । आफ्नै गाडीमा बजाउँथ्यें र रमाइलो मान्थें ।
‘११ लाख तिरेर स्टुडियो खोलेको भोलिपल्ट घरबेटीले आएर भनेका थिए ः ‘‘भाई के गर्नुभएको २५ हजार आनामा यही पल्लोपट्टी जग्गा आउँछ,’’ उनले संझिए, ‘त्यतिबेला अनामनगरको फ्रन्ट साइडमा मात्रै एकसरो घरहरु थिए । पछाडिपट्टी जग्गा खाली थिए, दिउँसै स्याल आउँथ्यों ।’
एडिक्सन एल्बमको पहिलो र दोस्रोगरी दुई शृंखला निस्किए । यतिबेलासम्म नेपाली रिमिक्स संगीतले उडान भरिसकेको थियो । लेकाली हे चोयाको डोको, घरवेटी नानी, सालको पात टपरी, चियाबारीमा, मै छोरी सुन्दरी, नाचिदेऊ मैच्याङलगायत एल्बमका सबै गीतहरु हिट भए ।
एकपटक ब्लुस्टार होटलमा काम गर्ने सन्तोषका साथीले उनको गाडीबाट सिडी बोकेर लगे । त्यसपछि होटलका मालिक अनिल तुलाधरलाई सुनाइदिए । त्यतिबेला अनिल तुलाधरले ओपेल इन्टरनेशनल नामक कम्पनी भर्खरै खोलेका रहेछन् । ‘मलाई एक्कासी तपाई डिजे सन्तोष हो । हामी एकछिन बसेर छलफल गरौं न भनेर फोन आयो,’ सन्तोषले भने । उनलाई एल्बम निकाल्न खासै रहर थिएन किनकी जति छलफल गरेपनि पाउने सिडीको २० र क्यासेटको ७ रुपैयाँ रोयल्टी नै हो भन्ने बुझेका थिए । ‘भेट हुनासाथ रोयल्टी एडभान्समा नगरौं मिनिमम ग्यारेन्टीमा लम्पसम (एकैपटक मोटो रकम आउँछ) मा भने गरौं भनें । उनीहरुले तपाईले भनेको मान्न तयार छौं, कति पैसा लिनुहुन्छ भनेर सोधें,’ सन्तोष थप्छन्, ‘मैले ठ्याक्कै पैसा भन्न सकिँन । एकैछिन ब्रेक लिएँ । मसँगैको साथीले ५ लाख माग भन्यो । म ५ लाख भन्नका लागि गएको थिएँ, तर मुखबाट साढें ३ लाख निस्कियो ।’
कम्पनीले लगत्तै साढें ३ लाखको चेक साइन गरिदियो । म्युजिक भिडियो बनाउन कति लाग्छ भनेर उनले सिमोस सुनुवारलाई सोधे । यतिबेला सिमोस सुनुवारले बनाएको आस्था ब्यान्डको हरपल गीतको भिडियो भर्खरै रिलिज भएको थियो ।
यसपछि एडिक्सन एल्बम रिलिज भयो । ‘खासमा अोपेल इन्टरनेशनल कम्पनीले नेपाली संगीतमा केही फरक गर्न चाहेको रहेछ । विशेषगरी मानिसहरुलाई नचाउन सक्ने नेपाली गीतको खोजी गरेका रहेछन् । त्यसैले उनीहरुको रोजाईमा म परेको रहेछु,’ सन्तोषले भने ।
एडिक्सन एल्बमको पहिलो र दोस्रोगरी दुई शृंखला निस्किए । यतिबेलासम्म नेपाली रिमिक्स संगीतले उडान भरिसकेको थियो । लेकाली हे चोयाको डोको, घरवेटी नानी, सालको पात टपरी, चियाबारीमा, मै छोरी सुन्दरी, नाचिदेऊ मैच्याङलगायत एल्बमका सबै गीतहरु हिट भए । ‘क्यासेट र सिडी अत्याधिक बिके । यसबाट मलाई एउटा गाडी किन्ने पैसा आयो,’ उनले संझिए, ‘तर मलाई गाडी नभएर नेपाली डान्स म्युजिकले हासिल गरेको उचाईप्रति गर्व लाग्छ । किनकी, त्यतिबेलासम्म बिहे र पार्टीमा प्रायः हिन्दी गीत बज्थ्यों । यसपछि नेपाली गीतहरु बज्न थाले । डिस्कोमा पनि नेपाली गीत चल्न थाल्यो ।’
उनलाई यसभन्दा ठूलो खुसी नेपाली मौलिक बाजालाई प्रवद्र्धन गर्न सकेकोमा लाग्छ । ‘त्यतिबेला गिटारिस्टहरुले एक टेकको ५ सयदेखि १ हजार लिने गरेका थिए । एउटा गीत कम्प्लिट गरेको १२ सय देखि १५ सय लिन्थें । तर, सारंगीको सय–डेढ सयमात्रै मिल्थ्यों,’ उनले भने, ‘श्याम नेपाली र मैले मिलेर मै छोरी सुन्दरीमा सारंगीलाई एक्सप्लोर गर्यौं । यसपछि मानिसहरु श्याम नेपालीलाई २५ सयसम्म दिन तयार भए । नेपाली संगीतमा त्यो एउटा रिभोलुसन हो ।’
नारायणगोपालको रिमेक गर्ने ठाउँ नै देखिएन
सन्तोष प्राय सबैखाले संगीत सुन्छन् । लोकसंगीत अझै बढी सुन्छन् र अध्ययन गर्छन् । लोकभाका संकलनकै लागि देशका विभिन्न ठाउँ पुगेका छन् । ‘ती गीतमा कुनै त त्यस्तो ठाउँ होला, जहाँ मैले नयाँ केही गर्नसक्छु भनेर खोज्छु,’ उनले भने,‘त्यसका लागि एउटै गीत पटक–पटक सुन्छु ।’
कतिपयले उनलाई नारायणगोपालको गीत रिमिक्स गर्न पनि भन्छन् । ‘नारायणगोपालका प्रायः गीत सुनिसकेको छु । तर, फेरि सुन्छु । नारायणगोपालको एउटा गीतलाई रिमिक्स गरेर ११ पटकसम्म रेकर्ड गरेँ, तर ती गीतलाई रिमिक्स गरेर मैले कुनै नयाँ फ्लेबर दिन सक्दिँन भन्ने लाग्छ । कहाँ रिमिक्स गर्ने भन्ने नै पत्ता लगाउन सकिन्न,’ उनले भने, ‘नारायणगोपाल, गोपाल योन्जन, अमर गुरुङ, नातिकाजी, बच्चु कैलाशलगायत गायकहरुलाई म लिजेन्ड भन्छु । उहाँहरुका गीत सदाबहादर हुन्छन् । हरेक जेनेरेशनले त्यसलाई नविन ठान्छ ।’
यसको अर्थ आफुले रिमिक्स गरेका गीतहरु साधारण थिए भन्ने पनि उनको तर्क होइन । ‘ती गीत पनि कुनै समय निकै चलेका गीत हुन् । मैले त त्यसको कुनै पार्टलाई समातेर नयाँपन दिने कोसिस गरेको हुँ । ती गीत हिट थिए र त रिमिक्स पनि हिट भयो । त्यही गीतका आधारमा मैले पहिचान बनाएको छु,’ उनले भने,‘जसरी पुरानो संरक्षण गर्नुपर्ने घरलाई हामी रेक्टोफिटिङ गरेर राख्छौं नि । त्यसरी नै भाव नमर्नेगरी ती गीतलाई संरक्षण गर्ने जमर्को गरेको हुँ । रिमिक्स गरेर बिर्गान भएन, संरक्षण हुनुपर्यो भन्नेमा सचेत रहन्छु ।’
उनका अनुसार चियाबारीमा गीतको भोकलका लागि पुजा लामाले ५ महिनासम्म मेहिनत गरेकी थिइन् । ‘एउटा सामान्य गीत २ वा ३ घण्टामै तयार हुन्छ । तर चियाबारीमा रेकर्ड गर्न पुजा लामालाई ५ महिना लागेको थियो । रिमिक्स गर्दा पृथक फ्लेबर दिन सकिएन भने त किन मानिसले सुन्छ । रिमिक्स भर्सन सुन्दा शब्द फिल होस् र पुरानो पुस्ताले भाव मरेन भन्ने सोचुन्,’ उनले भने ।







