जिउन जाने आराम हो जिन्दगी !

जीवन के हो ? परिश्रम र आरामबीचको सन्तुलन । न रोदनले, न ईष्र्याले, न क्रोधले, न द्वेषले, न दम्भले र न त आलस्यले नै आराम दिन्छ । आराम त केवल रामले दिन्छ । जीवन एक यात्रा हो । यो यात्रामा सबैथोक प्राप्त भए तापनि मानसिक आराम प्राप्त गर्न कठिन छ । मानसिक उपद्रव र अशान्तिबाट कसरी जोगिने ? कसरी अनुचित क्षोभ, क्लेश र मालिन्यबाट मुक्त हुने ? के तपाईं सबैको नजरमा असल बन्न चाहनुहुन्छ ? सबैको मित्र बन्न खोज्ने व्यक्ति कसैको मित्र बन्न सक्दैन । समाजमा धेरै किसिमका मानिस छन् । सबैको विचार सबैसँग मिल्दैन । तर, भिन्न विचारको सम्मान गर्नु र विचार नमिल्नेसँग सहज हुनसक्नु महानता हो । मित्रता गाँस्न सजिलो छ, थाम्न कठिन । क्षणिक उल्लासमा गहिरो मित्रता कायम गर्ने हतार नगर्नुहोस् । छिटो पाक्ने फल छिट्टै झर्छ । याद राख्नुहोस्, मानसिक आरामीको सबैभन्दा ठूलो व्यवधान आप्mनै पूर्वाग्रह र अहंकार हो । संस्कृत शब्द ‘आराम’ को अर्थ हो खुसी, प्रसन्नता, आरोग्य या आनन्द । अर्को शब्दमा उद्यान, उपवन या पूmलबारी, जहाँ पुग्दा मनै उत्फुल्ल हुन्छ । महाकवि देवकोटाको शब्दमा–‘उद्यानमा बस गई सब तत्व खुल्छन् ।’ राम शब्द रम् धातुबाट निर्मित हो । जसको आशय रमाइलो हो । सन्तोषदायक र सुखदायी । त्यसमा ‘आ’ उपसर्ग लागेर बनेको हो ‘आराम’ । आरामको अर्थ हो स्थिर हुनु, अडिनु, चञ्चलताबाट मुक्त हुनु र शान्त हुनु । मानसिक चञ्चलताबाट मुक्त भई स्थिर हुन सक्नु नै शान्ति प्राप्त हुनु हो । त्यही शान्तिले मनको मैलो र कलुष पखालेर उज्ज्वल बनाउँछ । उज्ज्वल चित्तले तृप्तिको सुख दिन्छ । त्यसैबाट ईष्र्या, द्वेष र अभिमानको भावना तिरोहित हुन्छ । राम शब्द पनि यही रम्सँग सम्बन्धित छ । रामको अर्थ हो आनन्ददायक र रमणीय । रामको अर्थ हो सहनशीलता, शालीनता, त्याग, अनासक्ति र करुणा । यसरी, आरामको अर्थ रामको उपस्थिति र विद्यमानता हो । राम भनेको कुनै स्थूल देह भएको मानवीय शरीर होइन । राम अनुशासन र नैतिकता हो । राम सन्तोष, कर्तव्यबोध, उत्सर्ग र दया हो । राम नै सदाचार र सुशासन हो ।

क्रोध, मात्सर्य, अभिमान र आसक्तिबाट मुक्त रहनु नै आराम हो

फारसी भाषामा आरामको अर्थ हो विश्राम या राहत । आरामको अर्थ जीवनको दौडधुपबाट केही फुर्सद या विश्राम लिनु हो । कुनै पनि काम हतार नगरीकन आरामले गर्नुपर्छ । निर्णय गर्नुभन्दा अघि आरामले सोच्नुपर्छ । हतपतको काम लतपत भन्ने उखान त्यसै प्रसिद्ध भएको होइन । हिँड्दा, काम गर्दा, सुत्दा, फकाउँदा, पकाउँदा, भोजन गर्दा, निर्णय गर्दा र प्रेम गर्दासमेत चटारो नगरी आरामले गर्नुपर्छ । आरामसँगै प्रयोग हुने अर्को शब्द हो ‘विराम’ । विरामको अर्थ हो थोरै रोकिनु या थामिनु । कुनै काम गर्दै जाँदा समयसमयमा रोकिएर समीक्षा गर्नु कल्याणकारी हुन्छ । गल्ती भएको रहेछ भने सच्याउने मौका मिल्छ । जसरी ठूलाठूला युद्धको समयमा त्यसको समीक्षा र मानवीय उद्धारका लागि युद्धविराम गरिन्छ, त्यसैगरी जीवनयात्रालाई सहज बनाउन र उद्धार गर्नका लागि विरामको आवश्यकता छ । जीवन एक आमरण यात्रा हो, एक अविरल सिलसिला । जीवन अनर्गल यात्रा होइन । अनर्गल र अनुशासनहीन यात्रा आरामदायी हुँदैन । हाम्रा पूर्वजहरू भन्ने गर्थे, ‘नआत्तिनू, नमात्तिनू, नपात्तिनू ।’ शालीन, राममय, विनयशील, द्वेषहीन र परोपकारी जीवनमा मात्र आरामी मिल्छ । दिनुको खुसीले आराम मिल्छ भने पाउनुको खुसीले आसक्ति । द्वेषहीन, अनासक्त र कर्मशील जिन्दगी खुसीले ‘बागबाग’ हुन्छ भने लोभ र आसक्तिले भरिपूर्ण जीवन दोषले दागदाग ।

बुद्ध भन्छन्, ‘जीवनमा दुःख छ ।’ दुःख सार्वभौम र सार्वकालीन सत्य हो । धन दौलत, पद, प्रतिष्ठा, शक्ति, सत्ता र सम्पदा खुसीका निर्विकल्प साधन होइनन् । हामीले मान्ने गरेका सबै सुखका साधन प्राप्त गरेका मानिसहरू पनि खुसी छैनन् । हामीले नभई नहुने प्राथमिक आवश्यकता सम्झेका आधारभूत सुविधाबाट वञ्चितहरू पनि हुनेखानेभन्दा ज्यादा दुःखी छैनन् । जीवनलाई सहज बनाउने समस्त साधन अनिवार्य आवश्यकता हुन् । जब साधन सम्पन्नहरू पनि दुःखी छन् भने किन साधन जुटाउने ? भन्ने प्रश्न नै गलत हो । भौतिक सुख प्राथमिक आवश्यकता हो, किन्तु खुसीको निर्विकल्प साधन होइन । हामीले दुःख र सुखका साधन चिन्नुपर्छ ।

भौतिक सुविधाले मात्र खुसी दिने भए जापानजस्तो देशका होनहार युवाहरू आत्महत्यातर्फ उन्मुख हुने थिएनन् । संयुक्त राज्य अमेरिकाजस्तो देशका १८÷२० वर्षका किशोरहरू विद्यालयका ससाना नानीहरूलाई गोली ठोक्न जाने थिएनन् । यी प्रवृत्ति मौलाउनुको प्रमुख कारण नै आरामको अभाव हो । संसारमा आराम अर्थात् मानसिक चयन, शान्ति र सन्तुष्टिको अभाव भयो । जीवनमा रमणीयता, अनुशासन, शालीनता र सदाचारको अभाव भयो । वैवाहिक, सामाजिक, धार्मिक र सामुदायिक आयामहरू निराशाजनक भए । सभ्यताले मानिसलाई सबै कुरा दियो । परन्तु, मानसिक शान्ति, चयन र सहनशक्ति दिन सकेन ।

यहाँ समस्या युवामा मात्र छैन । आप्mनै अहंकार, सम्पत्तिको अत्यन्त लालसा, आलस्य, ईष्र्या र आपसी द्वेषका कारण वयस्क र वयोवृद्धहरूसमेत दुःखले ग्रस्त छन् । जीवनका सुरम्य र सुखदायक पक्षको उपेक्षा भयो । सर्वत्र रामको उपेक्षा भयो । आरामको उपेक्षा भयो । आज नेपालमा पनि आबाल वृद्धवनिता सबैमा नैराश्यता छ । कतिपय वृद्धवृद्धा अभाव , अवहेलना र सन्तानले दिने सास्तीबाट पीडित छन् । जनतालाई सुखी र मुलुकलाई समृद्ध बनाउछौं भनेर लप्mफाजी गर्ने बडेबडे नेताहरू आपैंmले सृजना गरेको दुःखको दलदलमा भासिएका छन् । यहाँ कोही आराममा छैन । यहाँ राम (सहनशीलता, कर्मशीलता, कर्तव्यपरायणता र नम्रता) र हरि (करुणा र परोपकार)को अभाव भयो । यहाँ मानिसलाई आप्mनो अवनतिमा भन्दा अर्काको उन्नतिमा दुःख लाग्छ । यहाँ मानिसलाई आप्mनो खेत बाँझो भएकोमा भन्दा अर्काको खेतमा लहलह धानका बाला झुलेकोमा दुःख छ ।

द्वेषहीन , अनासक्त र कर्मशील जिन्दगी खुसीले ‘बागबाग’ हुन्छ भने लोभ र आसक्तिले भरिपूर्ण जीवन दोषले दागदाग

यो जगत्मा किन आराम कम र दुःख ज्यादा भयो ? यहाँ मनुष्यलाई आरामभन्दा दुःख बेसाउनुमा मजा लाग्छ । संसारमा सुख र दुःखको अंश बराबर छ । यी दुई एकअर्काका परिपूरक हुन् । जन्म सुखद् हो र मृत्यु दुःखद् । तर, जन्मले मृत्यु पनि सँगै लिएर आएको हुन्छ । मनुष्य आराम त चाहन्छ । परन्तु, पाइलाहरू त्यतातिर सार्न उत्सुक हुँदैन । संसारमा दुःख छ, पीडा छ, कष्ट छ । यो संसार यस्तै छ । किन्तु, म कस्तो छु भनेर सोच्न मनै लाग्दैन । आत्ममूल्यांकन गर्ने उत्साह नै जाग्दैन । आपूmभित्र सुतिरहेका हरि र रामलाई जगाएर दुर्जनतालाई सुताउन मनै लाग्दैन । आरामभन्दा हराम (प्रतिबन्धित विषय)मा दिल लहसिन्छ ।

भारतीय महाकवि सुमित्रानन्दन पन्त लेख्छन्–
‘सुख–दुःख के मधुर मिलन से
यह जीवन हो परिपूरन
फिर घनमें ओझल हो शशि
फिर शशि से ओझल हो घन’

कवि सुख र दुखलाई लुकामारीजस्तै मान्छन् । जीवनरूपी गगनमा कहिले बदलले चन्द्रमालाई ढाक्दछ त कहिले छाडिदिन्छ । सुख र दुःख अन्योन्याश्रित छन् । एकको अभावमा अर्कोको अस्तित्व नै छैन । मनुष्य जन्म, शैशव, युवावस्था, वृद्धावस्था र मृत्युजस्ता आप्mनो काबुभित्र नरहेका कुरामा चिन्तित हुन्छ । चिन्तालाई अंगीकार गर्न अत्यन्त सजिलो छ, परन्तु आरामलाई आत्मसात गर्न कठिन । यो सबै स्वार्थको प्रतिफलबाहेक केही होइन । बुझ्नसके यो जगत्मा राम (आनन्द, प्रसन्नता र सुख) पनि सर्वत्र छ । ‘आरामः कल्पवृक्षाणां विरामः सकलापदाम् । अभिरामस्त्रिलोकानां रामः श्रीमान् स नः प्रभुः’ अर्थात् राम त्यस्तो आराम (सकारात्मक सोच, आरोग्य, धैर्य र शालीनता) हो, जसले शीतल उपवनले जस्तै विश्राम दिन्छ । जसले समस्त विपत्तिबाट मुक्ति दिन्छ । जो हेरिरहुँजस्तै अत्यन्त सुन्दर छ । राम पूजाको होइन, पालनाको विषय हो ।

अन्त्यमा – सहज र सरल हुनु नै आराम हो । सहनशीलता, नम्रता र असल आचरण नै आराम हो । धैर्य, सकारात्मक सोच र शीतल मस्तिष्क नै आराम हो । क्रोध, मात्सर्य, अभिमान र आसक्तिबाट मुक्त रहनु नै आराम हो । शक्ति, सत्ता र सम्पदाको बोझले थिचिएर अहंकारी नबन्नु नै आराम हो । काम, क्रोध र लोभलाई समुचित व्यवस्थापन गर्ने सामथ्र्य नै आराम हो । आप्mनो काबुभित्रका कुरालाई सम्यक तरिकाले पालना गर्नु आराम हो । काबुभन्दा बाहिरका कुरालाई समयको जिम्मामा छाडिदिनु नै आराम हो । वाणीलाई लगाम लगाउने सामथ्र्य आराम हो । आप्mनो सरोकार नभएको विषयमा वादविवाद नगर्नु नै आराम हो । जीवनका आरोह एवं अवरोहमा घमण्ड या रोदन नगर्नु नै आराम हो ।

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने : (गीता)

तपाइको प्रतिक्रिया
(Visited 1,362 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम