मोहन्यालको कुईने गाउँमा बाघ आतंक


टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित कुइने गाउँमा बाघले आतंक मच्चाएको छ । बाघले स्थानीयका बाख्रामा आक्रमण गरी आतंक मच्चाको हो । सोमबार साँझ मोहन्याल गाउँपालिका–७ कुईने गाउँमा रहेको कालिका सामुदायिक वन नजिक बाघले बाख्रा आक्रमण गरी स्थानीयका २१ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कालिका सामुदायिक वनको सरंक्षण क्षेत्रभित्र घरबाट बाख्रा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार कुईने बस्ने धर्म राज मिजारका ६ वटा खसी र ४ वटा बाख्रा, नविन बडुवालका ४ बोका र ४ बाख्रा, पहिला बिटालुका २ वटा बाख्रा, सावित्रा बडुवालको १ बाख्रा गरि २१ वटा बाख्रा बाघले मारेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 431 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा