उत्कृष्ट हुँदै नगरकोट दोहोरीले जित्यो ६ लाख रुपैयाँ

पोखरा । पोखरामा आयोजित राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ, उत्कृष्ट भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा चार दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमले भाग लिएकोमा नगरकोट प्रथम हुँदै नगद ६ लाख पुरस्कार जित्न सफल भयो ।

प्रतियोगितामा दरबार दोहोरी साँझ द्वितीय भयो । दोस्रो भए बापत उनीहरुले ४ रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै समान अंक हात पार्दै जूनकीरी रोधी क्लब र नेप्बो दोहोरी अष्टे«लिया तृतीय भए । तेस्रो हुनेले समान १ लाख ५० हजार पाए ।

यसैगरी गण्डकीका सुमन खड्का र सीता परियारले उत्कृष्ट गायनको उपाधि प्राप्त गर्दा धौलागिरी दोहोरी ओशाका, जापान अनुशासित टिम बन्यो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जूनेली दोहोरीकी शान्ति कार्कीले जितिन् । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै गरी नवप्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रूपैयाँ प्रदान गरिएको प्रतियोगिता संयोजक जीवन दाहालले जानकारी दिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी निर्णायक संयोजक थिए । गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगीताको प्रवद्र्धकमा पोखरा महानगरपालिका थियो ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)