८ वटा रक्सी भट्टी नष्ट : ७ सय लिटर मदिरा बरामद

रौतहट । हिजोआज रौतहट प्रहरीले अबैध रुपमा उत्पादन हुदै आएका घरेलु मदिरा उत्पादन केन्द्र रक्सी भट्टी नष्ट गर्ने अभियानलाइ तिब्रता दिएको छ । केही दिन यता रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ८ वटा अबैध मदिरा उत्पादन गर्ने रक्सी भट्टी फोडेको छ ।

जनकपुरमा खुल्ला रक्सीको कारण १७ जनाको ज्यान गएपछि प्रदेश नं. २ सरकारले जिल्ला जिल्लामा अबैध मदिरा उत्पादन गर्ने भट्टी फोडने निर्णय गरेपछि चन्द्रनिगाहपुर प्रहरीले सो अभियान थालेको हो । हाल सम्म बिभिन्न ठाउँको ८ वटा रक्सी भट्टी नष्ट गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।

यसैगरी गत चैत्र १ गते पनि ६ वटा भट्टी नष्ट गरिएको उनले बताए । मंगलबार चन्द्रपुर नगरपालिका वडा नं ४ टेकान टोलबाट अवैध रूपमा संचालन गरिएको २ (दुई) ओटा घरेलु मदिरा भट्टी नष्ट गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन । ईलाकाको प्रहरी टोलीले उक्त तयारी अवस्थामा रहेको मदिरा ३ सय लिटर मदिरा, मदिरा बनाउन प्रयोग हुने ८ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको उनले जानकारी दिए ।

यस्तै गत चैत्र १ गते प्रहरीटोलीले चन्द्रपुर नगरपालिका वडा नं ६ राईटोल र झनझने टोलबाट अवैध रूपमा संचालन गरिएको सानो ठुलो गरी ६ ओटा घरेलु मदिरा भट्टी नष्ट गरेको उनले बताए । सो दिन प्रहरीले तयारी मदिरा ४०० लिटर, कच्चा पदार्थ १,०००। लिटर र मदिरा बनाउन प्रयोग भएको सिल्वर,पित्तल र पलाष्टिकको भाडाहरू समेत बरामद गरेको थियो ।

घरेलु मदिराका कारण समाजमा नकारात्मक असर परेको र दुर्घटना समेत बढ्दै गएका कारण घरेलु मदिरा नियन्त्रणका लागि अभियानै चलाएको उनले बताए । जिल्लाको धेरै जसो स्थानमा घरेलु मदिरा चन्द्रपुरबाट जाने गरेको सूचना आफुले पाएको बताउदै अबका दिनमा अबैध रुपमा मदिरा उत्पादन गर्ने भट्टी तोडफोड गर्ने र बरामद मदिरा र कच्चा पदार्थ नष्ट गर्ने उनले बताएका छन ।

 

तपाइको प्रतिक्रिया
(Visited 934 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा