सप्तकोशी बाढी पिडित जोखिम मोलेरै घर फर्किन थाले


लाहुरेको खोँच (उदयपुर)। उदयपुरको बेलका नगरपालिका– ८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोशी नदी कटान गरेपछि बाढी गाउँ पसेर बिस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ, उनीहरु सामुदायिक बिद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रभाह नगरि घर फर्किएका छन् । सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान गर्ने जोखिम रहेको बेलका नगरपालिका– ३ का वडासदस्य फागुन कार्कीले बताए ।

सप्तकोशीले धार परिर्बतन गरि पश्चिम तर्फ कटान गरि बाढी गाउँ पस्दा बेलका नगरपालिका– २, ३, ८ र ९ बराह क्षेत्र नगरपालिका– ६ र ९ दुई हजार ५ सय घर परिवार बिस्थापित भएका थिए । सप्तकोशीले धार परिवर्तन गरि बेलका नगरपालिका– ८ लाहुरेको खोच डुम्रीबोटबाट पस्दा सोम’bout, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, नारायण नगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष २५ सय घर परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोशी नदीको भंगालो बस्तीतर्फ पसेपछि सर्बसाधारणहरु थातथलो छाडेर सुरक्षित स्थानमा सरेका थिए । दुई हजार ५ सय परिवारले बस्ती छाडे पनि ५ सय परिवार जोखिम मोलेरै घरमै बसेका थिए । बराहक्षेत्र नगरपालिका– ६ र ९ बेलका नगरपालिका– ३ का सर्बसाधारणलाई बुधवार सुरक्षा निकायले बाढी पसेसँगै उद्धार गरेर सुरक्षित स्थानमा ल्याएका थिए । तर उनीहरु बुधवार र बिहिवार जसोजसो रात बिताए पनि पुन शुक्रवारबाट बाढीको बहाव घटेसँगै जोखिम मोलेरै बाढीमा हेलिएर उनीहरु घर फर्कन थालेका हुन । घर डुबानमा नपरेका ठाउँका स्थानीयबासिन्दा घर फर्किएको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताए । जोखिम भएकाले हामीले उद्धार गरी ल्याएका थियौं,’ यादवले भने, ‘पानी नपसेकाहरु पुन घरमा फर्किएका छन् ।’

‘हाम्रो घरसम्म पानी आएन ।’, सुनसरीको बराह क्षेत्र नगरपालिका ९ श्रीलंका टापुका अर्जुन चन्द्रवंशीले भने, ‘पानीको बहाव अलिक घटेकोे छ, हिजो डर थियो, आज अवस्था ठिकै छ ।’ सप्तकोशीको दुई भंगालोको बीचमा रहेको श्रीलंका टापुमा २ हजार ५ सय बढी परिवारको बसोबास छ । टापुलाई उदयपुरको बेलकाको ४ वटा र सुनसरीको बराह नगरपालिकाको २ वटा वडा पर्छन् । बाढीले बेलका नगरपालिकाका २, ३, ८ र ९ मा बढी प्रभावित भएको छ । बढीबाट विस्थापित भएका अधिकांश आफन्तको घरमा बसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । ‘बाढी प्रभावितहरुलाई हामीले चार स्थानमा राखेका छौं,’ उनले भने, ‘धेरै आफन्तको घरमा बस्नु भएको छ ।

उनले बाढी अहिले घटे पनि जोखिम कायमै रहेकाले सतर्कता अपनाउ आग्रह गरे । ‘उद्धारका लागि तीन वटै सुरक्षा निकायको टोली तयारी अवस्थामा छ,’ उनले भने । धार परिवर्तन गर्दै आएको सप्तकोशी पसेर जलमग्न भएको बेलका नगरपालिका क्षेत्रका विस्थापित सर्बसाधारणहरू सुरक्षा निकायले रोक्दा रोक्दै पनि घरमा गाईबस्तु हेरेर आउने बहानामा प्रभावित क्षेत्रमा फर्किन थालेका छन् । उद्धार गरिएको सर्बसाधरण जोखिमको बिच घर फर्किन थालेको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बताए । जोखिम हुँदा हुँदै प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली र पशुचौपाया संरक्षण गर्ने भन्दै विस्थापित सर्बसाधारणहरू जबरजस्ती फर्किएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीको भनाई रहेको छ । उनका अनुसार प्रभावित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरी परिचानल गर्नु परेको छ ।

कोशीको मूल बहाव पनि पश्चिम (उदयपुरतर्फ) मोडिएको र यसले धेरै ठूलो जोखिम निम्त्याउन सक्ने बेलका नगर प्रमुख कार्कीले बताए । डुम्रिबोटेमा कटान गरेर कोशी पुरानै धार हुँदै बगेको हो । २०४५ साल अघि कोशी ७ नम्बर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्बसाधण बताउँछन् । अहिले प्रभावित क्षेत्र कोशी टप्पु आरक्षण क्षेत्रको भएकाले केही वर्ष यता उसले बस्ती खाली गर्न भनेको थियो । कोशी पसेको बहानमा बस्ती खाली गराउन खोजिएको भन्दै सर्बसाधारणहरू पुनः घर फर्किएको बेलका नगरपालिका– ३ का सदस्य फागुन कार्कीको भनाई रहेको छ ।

सुरक्षा निकायले बिस्थापितहरुलाई सुरक्षाका कारण तत्काल घर नफर्कन अनुरोध गरि रहेका छन् । ‘तर, पीडितहरु आफनो सम्पती जोगाउन गाईबस्तु जोगाउन भन्दै घर फर्कि रहनु भएको छ,’ उनले भने । कोशीको बाढी पस्ने क्रम जारी रहेको र कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाले तेश्रो दिन शुक्रवार पनि सर्बसाधणलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको टिकट दिने जिम्मेवारी सभापति देउवालाई (पाँच निर्णयसहित)

कुरी-कुरी