बाणिज्य बैंकको २९ औं एक्स्टेन्सन काउण्टर : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सेवा सुरु

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीको २९ औं एक्स्टेन्सन काउण्टर तथा राजस्व संकलन केन्द्र सुरु भएको छ । जिल्ला प्रशासनका सबै खाले सेवालाई एकीकृत गर्ने अभियान अन्तर्गत प्रशासन कार्यालयले उक्त काउन्टर समेत स्थापना गरिएको हो ।

काउन्टरको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्घाटन गरेका छन । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर तथा आफ्नो खातामा रकम जम्मा गरेर काउन्टरको उद्घाटन गरेका हुन । गौतमले आफ्नो खातामा १ हजार १ सय ५ रुपैंया जम्मा गर्दै काउन्टरको कारोबार सुभारम्भ गरे ।

कार्यालयमा आएका सेवाग्राहीलाई राजस्व संकलन गर्न समय खर्चिनुपर्ने तथा कर्मचारीलाई काम गर्न समेत गाह्रो भएपछि उक्त सेवा सञ्चालन गरिएको गौतमले बताए ।

काउन्टर स्थापनाले आसपासका सरकारी कार्यालयहरुलाई समेत राजस्व संकलनमा सहज हुने भएको पनि उनले बताए ।
जिल्ला प्रशासनबाट दिईने सेवाहरुबाट संकलन हुने राजस्व संकलनका साथै कृषि ज्ञान केन्द्र सिन्धुली, कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुली, सिन्धुली जिल्ला अदालत, जिल्ला हुलाक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सरकारी वकिल कार्यालय सिन्धुली, जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) सिन्धुली लगाएतका कार्यालयहरुलाई सहयोग पुग्ने बताए ।

राष्ट्रिय बाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले विस्तारै उक्त काउण्टरबाट नगद जम्मा गर्ने, चेक कारोबार, नागरिक लगानी कोष लगाएत राजस्व संकलन गरिने लगाएतका सबै सेवा दिने बताए । सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्य अनुसार काउन्टर स्थापना गरिएको उनले बताए ।

यस अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मतदाता नामावली संकलन केन्द्र, हुलाक टिकट सेवा, नागरिक हेल्प डेक्स, खानेपानी सुविधा तथा स्तनपान कक्षको स्थापना गरिसकेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 567 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग