वैदेशिक व्यापार उतारचढावका समस्या

दैनिक उपभोग्य र विलासीताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढदै छ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नु र आयातीत सामान गुणस्तर नभए पनि अन्धाधुन्ध बढ्दै जानुले व्यापार घाटा बढ्दै गएको छ ।

अघिल्ला वर्ष झंै अगाडिका वर्ष निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । व्यापार घाटा कम गर्न समयसमयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि हुन सकेन । आयात प्रतिस्पर्धाका १२ वस्तुका निर्यात पनि निराशाजनक अवस्थामा भएका छन् । हरवर्ष निर्यात बढाउने भनी नयाँ नयाँ स्याम्पलका रूपमा नयाँ कार्यक्रम ल्याई हल्ला फिजाइन्छ तर हरेक साल कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अधोगतितर्फ जाँदै छ ।

वैदेशिक व्यापार
आर्थिक वर्ष २०७८÷७९ को ११ महिना अर्थात् जेठ २०७९ सम्म बजेटभन्दा ३१ अर्ब बढी व्यापार घाटा भएको छ । २०७८÷७९ को २०७९ जेठ मसान्तसम्म देशको व्यापार घाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँको भएको छ । सरकारले २०७८÷७९ को मध्यावधि समिक्षा गर्दा बजेटको आकार १५ खर्ब ४६ अर्ब करोड रुपैयाँमा सीमित भएको छ । आव २०७८÷७९ अन्त्य हुन लाग्दा पनि व्यापार घाटा बढ्दो छ । २०७९ जेठ मसान्तसम्म देशको वस्तु तथा सेवाको निकासी ५३ दशमलव ३ प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने आयात २७ दशमलव ५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, कुल वैदेशिक व्यापारमा निकासीको हिस्सा भने ९ दशमलव ५३ प्रतिशतले बढेर ९० दशमलव ४७ प्रतिशत भएकोे छ ।

भारतसँगको व्यापार
भारतसँगको व्यापार घाटा सबभन्दा बढी ९ खर्ब ५५ अर्ब रुपैयाँ भएको देखिन्छ । भारतमा २०७८÷७९ मा ११ महिनामा १ खर्ब ४५ अर्ब ९० करोडको मूल्यका वस्तु निकासी भएकोमा भारतबाट ११ खर्ब ९० करोड ३७ लाखको आयात आयात भएको छ । निर्याततर्फ ४६ अर्ब ५८ करोड ७० लाखको भटमासको तेल निकासी भएकोमा ४ अर्ब ४५ करोडको सन फ्लावर तेल तथा ३९ अर्ब ११ करोड ७० लाखको पाम आयल निकासी भएको छ ।

भारतबाट सबैभन्दा बढी इन्धन आयात भएको छ । जेठ २०७९ सम्म ६ लाख ७८ हजार ६ सय ७१ किलो लिटर इन्धन आयातका लागि ६२ अर्ब ९१ करोड ९८ लाख खर्चिएको देखिन्छ भने १६ लाख २ हजार ४ सय ८ किलोलिटर डिजेल खरिदमा १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख खर्च भएको छ । त्यस्तै, एलपी ग्यास ५९ अर्ब १६ करोड तथा हवाई इन्धनका लागि १२ अर्ब ८८ करोड खर्च भएको छ । नेपालमा सबैजसो इन्धन भारतबाट आयात हुने गर्दछ । यद्यपि चीनसँग नेपालको कुल इन्धनको ३० प्रतिशत चीनसँग इन्धन गर्न पर्ने २०७३ मा चीनसँग व्यापार तथा यातायात पारबहन सम्झौता भएको छ ।

चीनसँगको आयात असन्तुलित अवस्था
उतरी देश चीनसँग २ खर्ब ४३ अर्ब ४७ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ नेपालको निकासी ७३ करोड ९० लाखमा सीमित भई आयात २ खर्ब ४४ अर्ब २१ करोड रुपैयाँ भएको छ ।

निकासी गर्न तोकिएका कृषि वा वनजन्य वस्तुहरू उत्पादन गर्न चाहिने जग्गा प्राप्त हुन नसकेमा सरकार र व्यवसायीबीच समझदारीका आधारमा दीर्घकालीन रूपमा व्यवसायीलाई लिजमा जग्गा भाडामा उपलब्ध गराउन पहल गर्नुपर्ने देखिन्छ ।

भारतसँगको व्यापार हिस्सा ६० देखि ६७ प्रतिशत जति भए पनि भारतसँगको व्यापार घाटा पनि चुलिँदै छ । त्यस्तै, यसै उतरी असल मित्र चीनसँग बाटोघाटो सामान्य भएको अवस्थामा नेपालको व्यापार घाटा ८६ अर्ब ७९ करोड भइसकेको थियो । चिनियाँ विभिन्न गुणस्तरका सामान आयात भएको छ । बाटोघाटो सामान्य अवस्थामा नेपालको चीनमा निर्यात भने हिनता लाग्ने रूपमा ३ अर्बभन्दा माथि जाँदैन ।

चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷७६ मा २ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँको आयात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आव २०७६÷७७ को पहिलो तीन महिनामा १४ अर्बभन्दा बढीका सामान आयात गरेको छ । तर २०७५÷७६ को तीन महिनामा १० अर्बभन्दा बढीका सामान आयात भएको थियो । आव २०७६÷७७ को पहिलो तीन महिनामा नेपालबाट चीनतर्फ ३७ करोड ८ लाखका नेपाली वस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भएको अवस्थामा रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाँप बढ्दै गएको थियो ।

आव २०७६÷७७ मा १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । आव २०७५÷७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ । आव २०७६÷७७ मा १ अर्ब १९ करोडको नेपाली सामान चीन निर्यात भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी र तातोपानी नाकाबाट आव २०७७÷७८ को अघिल्ला दुई महिनामा कारोना भाइरसका र बाटा बन्दका कारण सामान आयात र निर्र्यात भएको देखिँदैन । २०७७ को दसैंै आवश्यक सामग्री कोलकाटा पोर्टबाट ल्याउने बहस चल्दैथ्यो । तसर्थ, आव २०७७-७८ मा चीनसँग वैदेशिक व्यापार भएको देखिँदैन ।

व्यापार घाटा भएका देशमा इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, साउथ कोरिया, मलेसिया, फ्रान्स र जापानलगायत अरू देशहरू छन् ।

नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायतका देशहरू छन् । नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायतका वस्तुहरू छन् ।

सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषदीयुतm तरकारी, फलपूmल र खाद्यपदार्थको आायात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ । यसका लागि हरेक प्रदेशमा प्रविधियुतm नाका तोकिने कुरा प्रकाशमा आएको छ ।

वैदेशिक व्यापार सुधारका उपाय
देशको व्यापार घाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रमअघि सारे पनि देशको व्यापार घाटा बढ्दै गएकाले सरकारको कार्यक्रम सफल भएको देखिएन । निकासी बढ्न नसक्नु र आयात तीव्र गतिमा बढ्नु देशको व्यापार घाटा बढ्दै जानुमा कारक तत्व भएको थियो । नेपालबाट निर्यात हुने केही वस्तुहरू अर्बमा र धेरैजसो आयातीत वस्तुहरू खर्बाैंमा आयात हुँदै आएकाले देशको व्यापार घाटा बढ्दै आएको थियो नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुमा कपडा, तयारी पोसाक, गलैंचा, अदुवा चिया, चाउचाउ, अलैंची आदि रहेका थिए । अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो । तर, तयारी पोसाकको निर्यात बढेको थियो । कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात वृद्धि भएका वस्तुमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाइल सेट मुख्य थिए ।

वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतका कुनै वर्ष निर्यात बढेको छ भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचासहितको कुनै वर्ष निर्यात घटेको छ । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायतका वस्तुका आयात बढेको छ । तर, कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनेटरी वेयर्स, खाने तेल, ब्याट्रीलगायतका वस्तुको आयात घटबढ भएको छ । पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतका वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, ऊनी गलैंचा, पाइप, टुथपेस्टलगायतका वस्तुको निर्यात घटेको देखिन्छ । भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हरेक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै बर्सेनि १ खर्ब ४० अर्बका खपत हुँदै आएको छ । बर्सेनि ३२ अर्बभन्दा बढीको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइरहेको छ ।

अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारी साधन र पार्टपुर्जा छन् भने नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कारपेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए ।

अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।

विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनी पहिचान भइसकेका कृषि वस्तुका लागि सम्बन्धित जिल्लालाई सो वस्तुको निकासी जिल्ला भनी घोषित गर्नुपर्ने देखिन्छ । यसैगरी विभिन्न निकासी वस्तुको उत्पादन र प्रशोधनमा विशिष्ट स्थान रहेका अन्य जिल्लालाई पनि क्रमशः निकासी प्रदेश क्षेत्र घोषित गरी निकासी प्रवद्र्धनमा ध्यान दिनुपर्ने देखिन्छ । निर्यात प्रवद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सके मात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जान्छ ।

निकासी गर्न तोकिएका कृषि वा वनजन्य वस्तुहरू उत्पादन गर्न चाहिने जग्गा प्राप्त हुन नसकेमा सरकार र व्यवसायीबीच समझदारीका आधारमा दीर्घकालीन रूपमा लिजमा व्यवसायीलाई जग्गा भाडामा उपलब्ध गराउन पहल गर्नुपर्ने देखिन्छ । उच्चतम मूल्य प्राप्त हुने तर चाँडै सडिगली जान सक्ने कृषिजन्यवस्तु पनि बाह्य देशमा निकासी हुन थालेको वा जान सक्ने सन्दर्भमा यस्ता वस्तुका निकासीकर्तालाई थप प्रोत्साहन प्रदान गर्न र सामान बिग्रन वा बिक्री नहुन जाने जोखिमलाई कम गर्न सुरक्षाका लागि विमानस्थलमा अत्याधुनिक शीत गोदाम र रेफ्रिजेरेसन प्लान्ट राख्न भन्सार क्षेत्रमा निजी क्षेत्रको सहयोगमा सञ्चालन गरी निजी क्षेत्रको उपयोगका लागि सुविधा दिइनुपर्ने देखिन्छ ।

तोकिएका कृषि तथा वनजन्य वस्तुको बाली कटान गरी प्रशोधन, सुरक्षा, प्याकिङ, ढुवानी, आदि कार्यमा सूचना, जानकारी, तालिम तथा अन्य सहयोगका साथै विभिन्न देशमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि मेलामा भाग लिन सहयोग एवं पहल गरी निकासी बढाउन सघाउन सकिन्छ । नेपाल कृषिप्रधान देश भएर पनि नेपालबाट बाह्य मेलामा गैरकृषि वस्तुमा बढी ध्यान दिएको देखिन्छ । निकासीसँग सम्बन्धित परियोजनाका सञ्चालनमा वा लागि आर्थिक तथा थप सुविधा दिनुपर्ने देखिन्छ । नेपालले बाह्य कृषि मेलमा भाग लिएको देखिँदैन ।
(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव कार्यकारी निर्देशक हुन्)

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार