द भ्वाईस अफ नेपालमा राजेश र प्रविशा

काठमाडौं । द भ्वाईस अफ नेपाल चौथो सिजनमा आईपुग्दा २ जना कोच परिवर्तन भएका छन् । द भ्वाईस आफ नेपालबाट अग्रज गायक तथा कोच दीप श्रेष्ठ र गायिका तथा कोच तृष्ण गुरुङलाई हटाइएको आयोजक पक्षले जनाएको छ ।

यी दुई कोचको ठाउँमा अर्का गायक राजेश पायल राई र गायिका प्रविशा अधिकारीलाई कोचमा नियुक्त गरिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले कार्यक्रममा जानकारी गराएका छन् ।

अग्रज कलाकार दीप श्रेष्ठ र तृष्णा गुरुङलाई हटाउनुको कारण’bout निर्देशक लक्ष्मणले भने,‘उहाँहरुले बिगतमा आफ्नो रोजाईका प्रतिभा चयन गर्नु भयो । अब फरक शैलीका प्रतियोगीहरु चयनका लागि यसपटक हामीले दुई जना कोच परिवर्तन गरेका हौ भने अर्को पटक फेरी बाँकी दुई जना कोच पनि हामी परिवर्तन गर्ने छौं ।’

द भ्वाईस अफ नेपालमा बिगतमा अतिथि भएर आएका गायक राजेश पायल राई र द भ्वाईस अफ नेपाल किडकी निर्णायक भईसकेकी प्रविशा अधिकारीलाई यस पटकको सिजनबाट कोचमा राखिएको पनि निर्देशक पौडेलले सो क्रममा जानकारी गराए ।

यो प्रतियोगितामा यसपटक ४१ हजार जनाले आबेदन दिएको र ती मध्य ब्लाईन्ड अडिसनबाट १२० जना चयन भएको पनि निर्देशक पौडेलले सो क्रममा जानकारी गराइए । यसपटकबाट नेपाल सहित भारत, थाईल्यान्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गर्ने नेपालीहरुले पनि यो प्रतियोगितामा भाग लिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी