ससुराद्वारा एसिड प्रहार भाेगेकी सीता भन्छिन् ‘मैले न्याय पाइन’

बारा । बारामा एसिड प्रहारबाट घाइते भएकोले न्याय नपाएको गुनासो गरेकी छिन । मंगलवार कलैयामा जी न्यूज नेटवर्क प्रालिको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि एसिड पिडित सिता (कबिता) पटेलले न्याय नपाएको बताईन् ।

गत वर्ष २०७८ चैत्र ११ गते बिरगंज महानगरपालिका १३ श्रीपुर घर भई हाल कलैया निवासी सिता (कबिता) पटेल माथि ससुरा जवाहिर साह र जेठाजु रामबाबु सासुहित २ जनाले आफु माथि तेजाब प्रहार गरेको सीताले बताईन् l

प्रहरीमा मुद्दा गर्दा समेत प्रहरीले आरोपित मध्ये २ जनालाई मात्र पक्राउ गरेको र बाँकी २ जनालाई पक्राउ गर्न आनाकानी गरेको पत्रकार सम्मेलनमा पटेलले बताइन् ।

 कलैयादेखि काठमाडौं सम्म उपचार गर्दा लाखाैं रकम खर्च भए पनि कहि कतैबाट सहयोग नपाएको उनकाे भनाइ थियाे । उनकाे शरीरमा अहिले पनि घाउ बाँकी रहेकाे भन्दै उनले पिडामाथी पीडा थपिएकाे बताईन् ।

प्रहरी नायव उपरीक्षक राजेश थापाले घटना घटेकै दिन स्पेशल फोर्स तैनात गरि आरोपित दुवै जनालाई पक्राउ गरेको र २०७९ बैशाख ९ गते बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान समेत गरिएकाे जानकारी दिए ।

आफु माथि तेजाब प्रहार गर्नेलाई कडा सजाय हुनु पर्ने भन्दै अहिले सम्म  उपचारमा लागेकाे खर्च पनि बेहाेर्न पर्ने उनकाे भनाइ थियाे । श्रीमानसंगै बस्ने वातावरण मिलाइदिन समेत अाग्रह गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी