काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसंगै नयाँ नयाँ तीजको गीत सार्वजनिक हुने क्रम जारी छ ।
यसै क्रममा पछिल्लो समय ‘तीजै रमाइलो’ बोलको गीत सार्वजनिक भएको छ । रुपा रिसाल (चालिसे), शिला विष्ट, विपना घिमिरे र सञ्जिव अधिकारीको स्वर रहेको उक्त गीतमा लोकराज अधिकारीको शब्द रहेको छ ।
विपिन घिमिरेको संगीत रहेको उक्त गीतको भिडियोमा दिपशिखा गुरुङ, लोमश शर्मा र लक्ष्मी गुरुङको अभिनय रहेको छ भने दिप गुरुङको निर्देशन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 781 times, 1 visits today)






