काठमाडौं । यो वर्षको तीजलाई लक्षित गरेर विभिन्न गीतहरु बजारमा आईरहेका छन् । यसै क्रममा गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत दर्पण छायाँलेको भिडियो भिडियो यतीबेला बजारमा आएको छ ।
यो गीतको भिडियोमा अभिनेत्री तथा मोडल उषा खनाल र अभिनेता राजिवजँग शाह प्रस्तुत भएका छन् । यी दुई कलाकारको नृत्य भिडियोमा निर्क आकर्षण रहेको छ । पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त रहेकी अभिनेत्री उषाले लामो समय पछि तीज भिडियोमा काम गरेको बताएकी छिन् ।
गीत कर्णप्रिय भएकाले आफुले यसमा अभिनय गरेको अभिनेत्री उषाले बताएकी छिन् । चलचित्रमा व्यस्त रहने यी अभिनेत्रीले एक दुई दिनमै छायाँकन सम्पन्न हुने भएकाले बेला बेलामा म्युजिक भिडियोमा पनि समय दिने गरेको बताएकी छिन् ।
गायिक अञ्जु पन्तले पनि लामो समयपछि तीज गीत गाएकी हुन् । गीत नृत्य प्रधान बनेको छ । यो गीतलाई नेत्र अर्यालले लेखेका हुन् । गीत समसामयिक प्रसँगमा केन्द्रित रहेको छ । जसमा राजेन्द्र बजगाईंले संगीत गरेका हुन् । गीतमा संगीत संयोजना पनि बजगाईंकै रहेको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।






