काठमाडौं । राजधानी न्युज पब्लिकेसन प्रालिका संस्थापक अध्यक्ष तथा समाजसेवी स्वर्गीय महेन्द्र शेरचनको असामयिक निधन भएको वार्षिक पुण्यतिथिको अवसरमा बिहीबार शेरचनको पैतृक थलो मुस्ताङ कोवाङमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेकपा एमाले थासाङ गाउँपालिका कमिटी कोवाङ मुस्ताङले स्वर्गीय शेरचनको वार्षिक पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै उनले मुस्ताङको सामाजिक, आर्थिक तथा राजनीतिक विकासमा पु¥याएका योगदानको स्मरण गरेको छ ।
सो कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज श्रीमाया थकालीले स्वर्गीय महेन्द्र शेरचनले मुस्ताङको समग्र विकासमा पु-याएका योगदान स्मरणीय रहेको उल्लेख गरिन् ।

कार्यक्रममा एमालेका मुस्ताङ जिल्ला इन्चार्ज चन्द्रमोहन गौचन, प्रतिनिधिसभाका सांसद महेन्द्र थकाली, रमेश भट्टचन, विशाल विके, केन्द्रीय सल्लाहकारद्वय चन्द्रबहादुर गुरुङ, आनन्द शेरचन, मुस्ताङ जिल्ला समन्वय प्रमुख माया गुरुङ, एमाले मुस्ताङका अध्यक्ष आशबहादुर थकाली, थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनलगायतले स्वर्गीय महेन्द्र शेरचनले मुस्ताङलगायत समग्र मुलुकको विकास र प्रगतिमा खेलेका भूमिकाको प्रशंसा गरेका थिए । श्रद्धाञ्जली सभाको अध्यक्षता सुमित्रा शेर्पाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महेन्द्र गौचनले गरेका थिए ।

स्वर्गीय शेरचनलाई सम्मान
सो कार्यक्रममा स्वर्गीय महेन्द्र शेरचनले मुस्ताङको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पु¥याएका महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सो सम्मान उनका छोराहरू सचिन शेरचन र आशीष शेरचनले ग्रहण गरेका थिए ।








