तुलसीपुरमा अज्ञात समूहद्वारा बसमा आगजनी

तुलसीपुर । गएराति अज्ञात समूहले तुलसीपुरमा एउटा बसमा आगजनी गरेको छ । तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टरदेखि दक्षिण तर्फ पार्किङ गरी राखेको ना४ख ७१८८ नम्बरको बसमा गरिएको आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको बस धनी सुमन कार्कीले जानकारी दिए ।

बसमा गएराति करिब साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस पार्क भित्रै पार्किङ गरी राखेको बसमा आगजनी भएपछि गाडीधनीहरु भयवित र त्रसित बनेका छन् । यता त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरले आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

सुरक्षित भनिएको बसपार्क भित्रै पार्किङ गरी राखिएको बसपमा आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै प्रालिका कल्यानकारी सचिव प्रकाश भट्टले उक्त घटनाले सवारी धनीहरुलाई असुरक्षाको महसु भएको बताएका छन् । उक्त बस दाङको भालुबाङ हुदै रुकुम चल्ने गरेको बताइएको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ । तीन महिना अघिदेखि पार्किङमा गाडी राखिएको कुरा खुल्न आएको बताउदै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले कसले किन आगो लगाएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी