बामपन्थी एकता आवश्यक छ : झलनाथ खनाल


गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा बामपन्थी एकता आवश्यक रहेको बताएका छन् ।

सोमबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले जनवादी र समाजवादी क्रान्तिको कालखण्डमा पनि बामपन्थी शक्तिहरुको एकता नै आवश्यक रहेको बताए । ‘मैले हिज पनि बामपन्थी एकताको पक्षमा बोल्दै आएको थिए ।’ नेता खनालले भने ‘एकताका लागि ठुला भनिने दल र तिनका नेताहरुले चाहानुपर्छ ।’ तर अहिले ठुला भनिने कम्युनिष्ट पार्टीहरुले बामपन्थी एकता नचाहेका कारण तत्काल एकता हुने सम्भावना नभएको उनले बताए ।

माओवादी केन्द्रसँग पार्टी एकताको चर्चा चलेको सम्बन्धमा नेता खनालले नेकपा एस र माओवादीको बीचमा वैचारिक निकटता देखिएपनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताए । ‘पार्टीहरुको बीचमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र लक्ष्यहरुका बीचमा एकरुपता भयो भने दुई वा दुईभन्दा बढी पार्टीहरु एक हुनसक्छन् ।’ उनले भने, ‘तर निर्वाचनअगाडी कुनै पार्टीसँग एकता हुने सम्भावना भने कम छ ।’

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम