काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा ’bout निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् ।
१० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ ।
यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभाव ’bout छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा पनि छलफल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बानाएको निश्कर्षसहित केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ ।
यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी ’boutमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।






