मुम्बई । अभिनयका बादशाह मानिएका अमिताभ बच्चन संगीतकार पनि बनेका छन् । अमिताभ बच्चन विगत केही दशकदेखि बलिउडका सबैभन्दा ठूला अभिनेताका रूपमा चिनिएका छन् । उनले धेरै गीतमा स्वर पनि दिएका छन् । यतिबेला उनी पहिलोपटक चुपचाप संगीतकार बनेका छन् ।
उनी संगीतकार बनेको ’bout फिल्म निर्देशक आर बाल्कीले भने, ‘यो सबै अचानक भएको हो । मैले अमित जीलाई फिल्म (चुप) हेर्न भनेका थिए । त्यो देखेपछि उहाँले मलाई उहाँकहाँ बोलाउनुभयो र पियानोमा धुन संगीत सिर्जना गर्दै त्यो संगीत दिनुभयो ।’ अभिताभले तयार गरेको संगीतलाई आपूmले फिल्ममा प्रयोग गर्ने उनले बताए ।
सन्नी देओल, दुल्कर सलमान र पूजा भट्ट अभिनित फिल्म ‘चुप’लाई आर बाल्कीले निर्देशन गरेका हुन् । यो राकेश झुनझुनवाला, अनिल नायडू, डा. जयन्तीलाल गडा (पेन स्टुडियो) र गौरी सिन्देले निर्माण गरेका हुन् । फिल्मको मौलिक कथा आर बाल्कीको हो ।
तर यस’bout अमिताभले कुनै प्रतिक्रिया दिएका छैनन् । निर्देशक बल्कीले यो सिर्जनाबापत अमिताभलाई राम्रो रकम पारिश्रमिक पनि दिने सोच बनाएको बताएका छन् ।






