काठमाडौं । दिवंगत गायिका अरुणा लामालाई विभिन्न कलाकारहरुले उनकै गीत गाएर सम्झिएका छन् । सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरसँगको सहकार्यमा नेवाः साधना कला केन्द्रका कलाकारहरुले गायिका अरुणा लामाको ७७ औं जन्म जयन्तीको अबसरमा उनकै गीतहरु गाएर सम्भिएका हुन् ।
सो केन्द्रद्वारा आयोजित ‘अरुणा लामा सम्भना साँंझ २०७९’मा दर्जन कलाकारले अरुणा लामाका गीत सुनाएर कार्यक्रमलाई अरुणामय तुल्याए । कार्यक्रममा कलाकारहरुले अरुणा लामाले नेपाली संगीतमा पु¥याएको योगदान’bout चर्चा गरे । कवि तथा गीतकार प्रकाश सायमीले नेपाली सुगम संगीतमा अरुणा लामाले आफ्नो उचाई फरक रुपमा स्थापित गरेर गएको बताए । अरुणा लामाको गायन यात्रा’bout सायमीले कार्यक्रममा चर्चा गरे ।
कार्यक्रममा अमरराज शर्मा, विश्व बल्लभ, सरोज आचार्य, रमेशानन्द वैद्य, पौभा सायमीलगायतले पनि नेपाली संगीतमा अरुणा लामाको योगदान’bout चर्चा गर ।
कार्यक्रममा अरुणाका एक दर्जन गीत कलाकारहरुले सुनाए । आयोजक संस्थाकी सचिव रोजी श्रेष्ठ सहित गायिकाहरु सरिता शाही, कल्पना श्रेष्ठ, प्रतिमा बज्राचार्य, शुद्धलक्ष्मी श्रेष्ठ, एन्जिला सिंह, सूर्यलक्ष्मी भोमी, लजना मानन्धर, गायक किशोर शाही, धर्म मानन्धरलगायतले अरुणाका गीतहरु गाएर अरुणाको सम्झनालाई ताजा तुल्याए । कार्यक्रममा उनीहरुले भेटिनु छुटिनु, उदास मेरो, चौतारीमा बसेर पोहोर साल, सवैले भन्थे, फूललाई सम्झे, चौतारीमा वसेर, एक्लै वस्दा, यति धेरै माया दिए, हेर न हेर कान्छालगायतका गीतहरु सुनाए । ,
सो समारोहमा दुई जना श्रष्टालाई सम्मान गरियो । कार्यक्रममा संगीतकार अमरराज शर्मा र राजु अग्रवाललाई अरुणा लामा स्मृति सम्मानबाट सम्मानित गरिएको हो । उनीहरुलाई सम्मान प्रदान गर्दै गीतकार तथा कवि प्रकाश सायमीले सम्मानित व्यक्तिहरुको ’boutमा चर्चा गरे ।
कार्यक्रममा प्रकाश सायमी, अमरराज शर्मा, पौभा सायमी, विश्व बल्लभ, सरोज आचार्य, रमेशानन्द वैद्यलगायतले गीतसंगीतका विविध विषयमा चर्चा गरे । कार्यक्रम आयोजक नेवाः साधना कला केन्द्रका संरक्षक सुन्दरमान श्रेष्ठ (बागमति भाइ) अरुणा लामाको जन्म जयन्तीको अबसर पारेर उनको योगदानको सम्झना स्वरुप वर्षेनी साँस्कृति कार्यक्रम आयोजना गर्ने बताए ।