बयानमा हस्ताक्षर गर्न राणा सहमत

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाएका छन् ।

महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उनले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा झण्डै १ सय ७३ पाना जति भएको समितिले जनाएको छ । सुरुमा हस्ताक्षर गर्छु भन्नु भएका राणाले पछि हस्ताक्षर गर्न नमानेपछि बयानका क्रममा उनले बोलेका सवै बिषय पढेर सुनाउने काम भइरहेको छ ।

राणाले अद्योपान्त पढेर हस्ताक्षर गर्ने भनेका कारण राणालाई हस्ताक्षर गर्नकै लागि ५-७ घण्टा लाग्न सक्ने समितिका सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

राणाको बयान आजै सक्ने र सम्भव भएसम्म प्रतिनिधि सभाको समितिमा प्रतिवेदन बुझाउने समितिको तयारी छ । तर नेकपा एमालेका सांसदहरुले राणाले लगाएको आरोप लगायतका कतिपय विषयमा थप अध्ययन गर्नुपर्ने धारणा राख्दै आएका छन् । त्यसैले समितिले प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा बुझाउने नबुझाउने अन्यौल छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम