Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ कोरोना भित्रिएको छैन, आत्तिनुपर्दैन : सरकार

कोरोना भित्रिएको छैन, आत्तिनुपर्दैन : सरकार

,

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस नभित्रिएको भन्दै नआत्तिन सर्वसाधारणमा आग्रह गरेको छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले कोरोना भाइरसको जोखिमलाई लिएर पूर्वतयारी अपनाइएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तिनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म कुनै पनि व्यक्तिमा भाइरस नदेखिएको दाबीसमेत गरे ।

विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबभन्दा बढी नोक्सानी भएको मन्त्री खतिवडाले बताए । हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल, हस्तकला लगायत क्षेत्र कोरोना भाइरसको जोखिमका कारण बढी प्रभावित भएको उनले बताए । पर्यटन क्षेत्र बढी प्रभावित भएको भए पनि अफ सिजनमा पर्यटक ल्याएर क्षतिपूर्ति गराउन सकिने गृहकार्य सरकारले गरिरहेको उनको भनाइ थियो । पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको जानकारी उनले दिए ।

यसैगरी, रेमिट्यान्समा समस्या उत्पन्न भएको उल्लेख गर्दै यसले तरलतामा समस्या उत्पन्न हुन सक्ने तर बैंकहरूमा ७० अर्ब रुपैयाँभन्दा बढी तरलता भएकाले अप्ठ्यारो नपर्ने अर्थमन्त्री डा. खतिवडाले बताए । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने उनले स्पष्ट पारे ।

कारोनो भाइरसको जोखिम रहेका मुलुकबाट कोही पनि नेपाल आउन नदिने बताउँदै उनले रोजगारका लागि विदेश जानेलाई नेपालमै रोजगार दिने बताए । प्रधानमन्त्री स्वरोजगारमार्फत युवालाई रोजगार दिने व्यवस्था रहेको बताउँदै उनले युवाहरूलाई यसमा आबद्ध हुन आग्रह गरे ।

चीनतर्फको नाकाबाट सामान ल्याउन केही समस्या भएकाले स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिनभित्र नेपाल ल्याउनेतर्फ पहल भइरहेको उनले बताए ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा आपूर्तिमा खासै समस्या नरहेको बताए । तर, आवश्यकभन्दा बढी औषधि र सामान थुपार्ने प्रवृत्तिले समस्या उत्पन्न भएको उनले बताए ।

‘तीन महिनाको औषधि लिने मान्छेले ६ महिनाको औषधि लिएको पायौं,’ मन्त्री भट्टले भने, ‘एक क्विन्टल खाद्यान्न चाहिने मान्छेले चार क्विन्टलसम्म राखेको पाइयो ।’ कोरोना भाइरसको विश्वव्यापी संक्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने उनले स्पष्ट पारेका छन् । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारबाही गरिएको बताउँदै उनले सरकारले आगामी ६ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशंकामा आवश्यकभन्दा बढी सामान खरिद नगर्न आग्रह गरे ।

उद्योगमन्त्री भट्टले आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने उनले बताए । पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताउँदै उनले केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारबाही गर्न चेतावनी दिएको बताए ।

ग्यास र पेट्रोलियम पदार्थ आवश्यकभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इन्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने उनको सुझाव थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले हाच्छिउँ आउँदैमा कोरोना जाँच गर्नु नपर्ने जनाउँदै त्यसरी जाँच गर्दा स्रोतको सदुपयोग नहुने बताए । कोरोना भाइरस नेपालमा नभित्रिएको र भित्रिएको अवस्थामा त्यसलाई नियन्त्रण गर्न सरकार तयारी अवस्थामा रहेको जानकारी उनले दिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको छ । उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

(Visited 176 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन्...

ट्रेन्डिङ

मुख्यमन्त्री पौडेलद्वारा सिपी मैनालीको स्वास्थ्यलाभको कामना

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सवारी दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यलाभको कामना गरेका छन् । आज एक...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

महामानव गौतम बुद्ध

नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो वर्ष २५६४औं जन्मजयन्ती हो । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा...

मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको...

केन्द्रीय बैंककाे पुन : कर्जा कार्यविधि, पाँच प्रतिशत ब्याजमा १५ लाखसम्म पाइने

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ...

बिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

पीसीआर परीक्षणपछि परीक्षणको प्रमाण लिएर बिमा कम्पनीकहाँ बिमा गरेका बिमितहरूलाई दाबी गरिएको रकम भुक्तानी दिनू भनी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निर्देशित बिमा कम्पनीहरूले...

संक्रमण तीव्र भेन्टिलेटर र आईसीयू अत्यन्तै कम

काठमाडौं । कोरोना भाइरस संक्रमण भई जटिल अवस्थामा पुग्ने बिरामीका लागि अत्यावश्यक मानिएको भेन्टिलेटर र आईसीयू बेडको संख्या निकै न्यून मात्रामा हुँदा थप जोखिम...

अलैंची विकास केन्द्र आलुको विउ उत्पादन गर्दै

इलाम । अलैची खेतीमा रोग लाग्नाले किसान निराश छन् । अलैचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा...

लिभरपुललाई रोक्न न्यूक्यासल सफल

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई न्यूक्यासल युनाईटेडले गोलरहित बराबरीमा रोकेको छ । गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा दुवैतर्फ गोल...

आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग...

जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा

काठमाडौं । कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)