भक्तपुरमा १३ वर्षिय बालिका बलात्कृत


भक्तपुर । भक्तपुरमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको दुधपाटी स्थित एक होटलमा काम गर्ने दोलखा शैलुङ गाँउपालिका वडा नं ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने बर्ष १९ को अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरकै एक बिद्यालयमा अध्ययनरत १३ बर्षकी बालिकालाई बिभिन्न प्रलोभनमा पारी उक्त पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको सूचना अधिकृत प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।

भुजेल कसुर गरेपछि भागेर ललितपुर उपमहानगरपालिका वडा नं ९ भुलढोका पुगेको थिए उनलाई प्रहरीले त्यहीबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान