पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान

काठमाडाैं । एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट दशाै बर्ष प्रवेश को गरेको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष हास्य कलाकार गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी विशिष्ट चलचित्रकर्मि नीर शाहले विभिन्न व्यक्तीलाई सम्मान गरे ।

समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर,चलचित्र संघ का उपाध्यक्ष गोपाल काजी कायस्थ, सेन्सर बोर्डका सदस्य निर्माता राजेश महर्जन, द्वण्द निर्दशक नानीकाजी डंगोल नागे , अभिनेत्री ममता प्रधान, मेकप अार्टिस्ट उमिशा पाण्डे, चलचित्र निर्देशक एवं सन्चारकर्मि माधवराज खरेल, अभिनेत्री तेजुला खतिवडालाइ सम्मान गरिएकाे थियाे । त्यस्तै सन्चारकर्मि राज लुइटेल राजेन्द्र , नायक गजित बिष्ट,नायक सबिन श्रेष्ठ, नायिका अनु शाह , नायक श्रीदेब भट्टराइ, समाज सेवी श्रीदेब बिएल व्यवसायी अोम जैशीलाई पनि सम्मान गरिएकाे थियाे ।

कलाकार सुनिल कटुवाल, रामेश्वर बुर्लाकोटि , जीवन थापा, उद्दवराज भट्टराइ,शितल केसी , राजकुमार क्षेत्री, सुदर्शन प्रसाद आचार्य, लव बहादुर कार्की, रामेश्वर जंग के.सी, जीवन थापा, पवन प्रसाद खतिवडा , उद्धव प्रसाद भट्टराई , चेत बहादुर सिंह (राजा), शीतल के.सी, बाबुराम लगायत ४० जनाबढीलाई सम्मान गरिएकाे थियाे ।

अध्यक्ष तथा कलाकार गोपाल ढकाल छन्देले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर गरिने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसै गरि कार्यक्रमका प्रमुख अतिथी नीर शाहले एक कलाकारले यसरी सवैलाई समेटेर यस किसिमका भव्य कार्यक्रम गर्नु सवै कलाकारको गौरवको विषय भएको कुरा बताए भने विशिष्ठ अतिथी भुवन केसीले कार्यक्रमको सफलता र संस्थाको प्रगतिको कामना गरे । अर्का वक्ता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले देशले गर्नु पर्ने काम कलाकारले गरेको र कलाकार संघका सदस्य समेत भएकाले सम्पुर्ण कलाकार र संघले समेत यस कार्यक्रम प्रति गर्व गर्नु पर्ने कुरा बताए ।

कार्यक्रममा धिरेन शाक्य अभिनित ‘नियालेर हेरु’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको उक्त समारोहमा गायक कृष्ण भट्टराई, रोजी डंगोल श्रेष्ठ, खुश्बु विष्ट, प्रान्जल खतिवडा,सन्दिप भुजेलले आकर्षक प्रस्तुती दिएका थिए । लाईफ ओके टेलिभिजन र एभरेष्ट टेलिभिजन, क्यानडाबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमको अफिसियल फोटोग्राफर बद्रि थापा हुन् ।

समारोहमा चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन के सि , बिकाश बोर्डका पुर्व अध्यक्ष दयाराम दाहाल ,विशिस्ट नृत्य निर्देशक राजु शाह , निर्माता संघ का अध्यक्ष नवल खड्का , सेन्सर बोर्ड सदस्य राजेश महर्जन ,नायक धिरेन शाक्य , विशिष्ट चलचित्रकर्मि एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

भद्रपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप आयोजना हुँदै