इटहरीमा नेटवर्किङ व्यवसायमार्फत ठगी गर्ने गिरोह पक्राउ


इटहरी । इटहरीमा नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार विभिन्न प्रलोभन देखाएर नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई बुधबार सार्वजनिक गरिएको हो ।

इटहरी स्थित ९ सजन राईको घरको कोठा भाडामा लिएर ग्लोबल ओरियन्स नेपाल प्रा.लि. नामक कम्पनीबाट ठगी गरेको आरोपमा पक्राउ गरिएको खड्काले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ गाउँपालिका १ का ससिता राई, सुन्दरहरैंचा नगरपालिका ७ का सञ्जीव माझी, ग्रामथान गाउँपालिका ३ का विक्रम माझी, कटहरी गाउँपालिका ६ का पंकजकुमार साह र अरुणकुमार मुडयारी र झापाको बिर्तामोड नगरपालिका १० का पदम राई रहेका छन् ।

उनीहरूमाथि ‘विदेश घुम्न जान पाइने,’ ‘जति धेरै सदस्य बनायो त्यति धेरै पैसा कमाइन्छ,’ ‘राम्रो कमाई हुन्छ’ जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए । प्रतिव्यक्ति १५ हजारदेखि एक लाखसम्म रकम लिएको पीडितले प्रहरीमा जानकारी गराएका छन् ।

उनका अनुसार इटहरीबाट खटिएको प्रहरी टोलीले घर तथा कोठामा खानतलासी गर्दा कम्प्यूटर, ल्यापटप, मोबाइल फोन, विभिन्न व्यक्तिहरूको फोटो, नागरिकता, सम्झौतापत्र, टिकट, बील, छाप, मेडल, प्रमाणपत्र, ईजाजत पत्र, व्यवसायी दर्ता प्रमाणपत्र समेत बरामद गरेको छ ।

यस्तै, दार्जिलिङ, दुबई, सिंगापुर, बैंकक टुर एचिभर लेखेको व्यानर, ग्लोबल आईएमई बैंकको चेक, ओरो प्लोर क्लिनर, स्किनभिटा, हेयर स्टायल, तुलसी ड्रप, विन्टर चेरी लगायतका सामानहरू समेत प्रहरी बरामद गरेको छ । पक्राउ परेका छ जना र बरामद गरेको सामानसहित सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ ठगी मुद्वामा म्याद थपेर अनसन्धान सुरु गरिएको इटहरी प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित