थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभारमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाँली छन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान