‘द भ्वाइस’ अमेरिकी संस्करणमा नेपाली किशाेरी परिजिताकाे चर्चा

काठमाडाैं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली किशाेरीकाे उपस्थितिले अमेरिकी नेपाली भाषी खुसी छन् ।

उक्त शोको ब्लाइन्ड अडिसनमा गीत गाउँदै १७ वर्षकी नेपाली किशोरी परिजिता बाँस्तोलाले दर्शकलाइ मन्त्रमुग्ध बनाइन् । परिजिताकाे स्वर सुनेर जजहरु समेत अचम्मित भए ।

जब छोरी परिजिता ब्लान्ड अडिसनमा गाउँदै थिइन्, शो छायांकन स्थल बाहिर रहेको टीभी स्क्रिनमा हेर्दै उनका बुवा पंकज र आमा बीरा परिणामकाे प्रतिक्षामा थिए । ३० वर्षे दिदी प्रियंका पनि बहिनीको खुसीमा रमाउँदै थिइन् ।

जब चारैजना जज कुर्सी घुमाउँदै परिजिताको प्रशंसा गर्दै थिए, बुवा पंकज र आमा वीरा पनि खुसीले उफ्रिए । बाहिर निस्किएपछि छोरीलाई खुसीले अंकमाल गरे । ‘धेरै भन्नु छ र आज मैले मेरो छोरीको ’boutमा एउटा किताब लेख्न सक्थें, तर म भन्न चाहन्छु, मेरो बच्चाप्रति मलाई गर्व छ,’ बुवा पंकजले भने ।

नेपालको झापाका पंकज र काठमाडौंकी बीरा बिहेपछि डेढ दशकअघि अमेरिका गएका थिए । त्यहीं परिजिताको जन्म भयो । अहिले मेरिल्यान्डको सिर्भेएन पार्कमा उनीहरुले एक सानो रेस्टुरेन्ट पनि चलाएका छन् । परिजिता सिभेएर्ना पार्क हाइस्कुलमा अध्ययनरत छिन् ।

परिजिता ‘बाँस्तोला ब्यान्ड’की भोकलिस्ट समेत हुन् । उनकै नामबाट राखिएको यो ब्यान्ड ब्लुज संगीत गायनबाट चर्चित छ । आफू अध्ययनरत स्कुलकै सहपाठीसँग मिलेर खोलिएको ब्यान्डले स्कुलमा आयोजना हुने ब्लुज प्रतिस्पर्धामा पनि जितेको छ ।

एडम जेम्स, आर्थे फ्रांकलिन, एमी वाइनहाउस र रिहानाका चर्चित गीतलाई गाएर यो ब्यान्ड चर्चित पनि छ । यो ब्यान्ड सन् २०२२ को अन्तर्राष्ट्रिय ब्लुज कम्पिटिसनमा छानिएको छ । ज्याक स्लोटी, जिस केग्ले, बेनेट टरहन्ट र डिलन हुड बाँस्तोला ब्यान्डका सदस्य हुन् ।

परिजिता कलेजमा संगीत अध्ययन गर्न चाहन्छिन् र संगीतमै करिअर अघि बढाउन चाहन्छिन् । द भ्वाइसको ब्लाइन्ड अडिसन सफलताले त्यो प्रष्ट पारेको छ ।

हलिउड लाइफ म्यागजिनले द भ्वाइसको यस संस्करणमा परिजिताको दबदबा हुने उल्लेख गरेको छ । जज क्यामिलिया काबेलोले त परिजितालाई ‘मास्टरफुल’ भन्दै प्रशंसा गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९