बुद्धभूमिको बजार अनुगमन प्रभावकारी

कपिलवस्तु । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बुद्धभूमि नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी नगरका ठुला बजारमा पालिकाले अनुगमन थालेको हो ।

चाडपर्वको मौका छोपी कृत्रिम अभाव गर्ने र महँगी बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि अनुगमन सुरु गरिएको उधोग तथा वाणिज्य शाखा प्रमुख अधिकृत विजय भुसालले बताए । नगर क्षेत्रभित्र सञ्चालित खाद्यान्न पसलमा अनुगमन थालिएको र यो निरन्तर रहने उनले बताए। अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गर्ने गरिएको छ ।

नगरपालिकाले बिहिबार वडा २ गोरुसिंगेका बजारमा रहेका होटल किराना पसल तथा चौमिन उधोगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रतिबन्दित सुर्ती फेला परेको थियो। अनुगमनका क्रममा मूल्यसुची सर्वसाधारणले देख्ने ठाउँमा राख्न, नगरपालिकामा व्यवसाय दर्ता गर्न सुझाव दिइएको भुसालले बताए ।

साथै उनले नगरले खाद्यान्न, किराना, तरकारी पसलमा निरन्तर अनुगमन जारी राखिने बताए । अनुगमनमा बुद्धभूमि उधोग बाणिज्य संघ,प्रहरी, पत्रकार लगायत उपस्थित थिए।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु