नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच भिडियो कन्फरेन्स हुने

काठमाडौं । नेपाल, चीनसहित पूर्वी एशियन मुलुकबीच कोरोना रोकथाम’bout भिडियो कन्फरेन्स हुने भएको छ । आज शुक्रबार अपरान्ह ३ बजे सुरु हुने कन्फरेन्समा पछिल्लो समयमा एसियाली मुलुकमा बढदै गएको कोरोना प्रकोप न्यूनीकरणका विषयमा छलफल हुनेछ ।

कन्फरेन्समा सहभागी नेपालबाहेकका एसियन मुलुकसँग चीनले नै समन्वय गरेको छ । छलफलमा अनुभव आदान–प्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिकूल अवस्थामा भन्सार व्यवस्थापन, महामारीपछिको जोखिमका विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयले सम्भावित महामारी रोक्नका लागि हिजो मात्रै औपचारिक रुपमा चीनसँग सहयोगको माग गरेको छ । नेपालले चीनको प्रस्ताव अनुसार कोरोना परीक्षण किट लगायतका सामाग्री र विज्ञ टोली पठाउन आग्रह गरेको छ ।

ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनले यसअघि नै गरिसकेको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका