मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाएका छन् । यो कुराले बलिउड निर्माता यतीबेला खुसी भएका छन् । कोरोनाको कारण खस्किएको बलिउड बजारलाई केन्द्रित गरेर उनले पारिश्रमिक घटाएको बताएका छन् ।
यस अघि प्रति फिल्मबाट आयुष्मान खुरानाले २५ करोड रुपैयाँ पारिश्रमिक माग्ने गरेका थिए । यतीबेला उनले आफ्नो पारिश्रमिकत घटाएर १५ करोड रुपैयाँ तय गरेका छन् । यदि आफुले खेलेको फिल्म हिट भएमा १० करोड रुपैयाँ पारिश्रमिक पनि लिने उनले बताएका छन् ।
आयुष्मानको यो सर्तलाई निर्माताहरुले सकरात्मक रुपमा लिएका छन् । आयुष्मानले जस्तै अन्य कलाकारले पनि अहिलेको अबस्थामा पारिश्रमिक घटाएर फिल्मको शेयर लिनु पर्ने निर्माताहरुको भनाई छ ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)






