काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)