नेकपा बाजुरा कार्यालय सदस्य मृत अवस्थामा भेटिए

बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का नयाँराम बिक शुक्रबार बिहान बाहुन जिउलामा मृत अवस्थामा भेटिएका छन् ।

उनी पुर्ब जनमुक्ती सेना हुन् भने अहिले नेकपा एकीकरण पछि उनी नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बाजुरा जिल्ला संगठन समितिका कार्यालय टिमका सदस्य हुन् ।

उनको मृत्युको खबरले नेकपा बाजुरामा शाेक छाएको छ । घटना के कारणले भयो भन्ने ’boutमा जानकारी आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षको टोली सदरमुकाम मार्तडीबाट घटनास्थलमा गएको छ ।

जगन्नाथ गाउँपालिकामा रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक दानबहादुर रोकायाले बताएका छन् । घटना भएको स्थान उनको घरबाट दुई किलोमिटर टाढा रहेको प्रहरी उपरीक्षक रोकायाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी डलर थोरै मजबुत बन्दा अन्य विदेशी मुद्राको अवस्था के छ ?