बार्सिलोनाको अपराजित यात्रा कायमै

क्याटलान क्लब बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फेरी शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनिश फुटबल लिग लालिगाको आठौं चरणको आज बिहान सम्पन्न खेलमा बार्साले सेल्टाभिगो माथि १-० गोलको जीत निकालेको हो । घरेलु मैदानमा बार्साले खेलको १७ औं मिनेटमै पेड्रीको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा राम्रो तालमेल मिलाउँदै ६९औं मिनेटमा सेल्टाभिगोले फर्काएको गोललाई भिएआरले अफसाइड दिएपछि सेल्टाभिगोको खेलमा फर्कने प्रयास बिफल भएको थियो ।

दोस्रो हाफमा सेल्टाभिगोले थुप्रै राम्रा अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा बार्सा विजयी बन्न पुग्यो । यो जीतसँगै बार्सा आठ खेलमा २२ अंक बटुल्दै शीर्ष स्थानमा छ भने साविक विजेता रियल म्याड्रिड पनि समान अंकसहित दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन