कर्णाली नदीको जल सतहले पार ग-यो खतराको तह

धनगढी । कर्णाली नदीमा जल सतहले खतराको तह पार गरेर बाढी आएको छ । कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २ मिटरभन्दा माथि छ । १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।

कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढी राजापुर तटीय क्षेत्रमा पस्न थालेको छ । राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ