जेठानले गरे ज्वाइँको हत्या


इटहरी । इटहरीमा जेठानले ज्वाइँको हत्या गरेका छन् । शनिबार साँझको समयमा इटहरीको मुख्य चोक नजिकै रहेको नेसनल गल्लीमा धारिलो हतियार खुकुरी प्रहार गरी सफारी चालक इटहरी ५ का ३८ वर्षीय भुवने चौधरीको हत्या भएको थियो । हत्यामा इटहरी ५ कै ४३ वर्षीय रामकुमार भुजेल संलग्न रहेकाले उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भुजेल र चौधरीबीच जेठान, ज्वाइँको सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोमबार इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न भुजेलसहित दुई जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेसनल गल्लीमा खुकरी प्रहार गरी चौधरीको हत्या भएको थियो । खुकुरी प्रहारबाट चौधरीको बाँया हात छिनेको थियो । उनको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजे निधन भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भुजेल र सहयोगी इटहरी ६ बस्ने २७ वर्षीय वेदप्रकाश मण्डललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘घटना भएको २४ घण्टा नबित्दै हामीले खुकुरी प्रहार गर्ने रामकुमार भुजेल र सहयोगी वेदप्रकाश मण्डललाई पक्राउ गरेका हौं,’ एसपी ढकालले भने, ‘घटना भएको जानकारी पाएको एक मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो, पुरानो रिसइबीले अचानक खुकुरी प्रहार भएको देखिन्छ, घटना’bout हामी अझै अनुसन्धानकै क्रममा छौं ।’ पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएपछि भागेर भारततिर जान लागेको अवस्थामा विराटनगरको जोगबनीनजिकैबाट भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह खटिएको थियो । ‘यसअघि पनि उनीहरूबीच घरायसी विवाद भएकाले वडाध्यक्षसहित गाउँघरमै छलफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ढकालले भने, ‘मृतक चौधरी सफारी चालक र खुकुरी प्रहार गर्ने भुजेल अटो रिक्सा चालक रहेको पाइएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम