‘बागी उम्मेदवार’ लाई सत्ता गठबन्धनको अल्टिमेटम

काठमाडौं । चार दलीय सत्ता गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन ‘अल्टिमेटम’ दिएको छ ।

सत्ता गठबन्धन आबद्ध चार दलको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको हो ।

आज १ बजेसम्म फिर्ता गर्नू, नलिए पार्टीबाट निष्कासन

आधिकारिकविरुद्ध उम्मेदवार बनेकालाई फिर्ता गर्न आज बुधबार १ बजेसम्मको समय दिइएको छ । बैठकपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ‘बागी उम्मेदवारी फिर्ता गर्न’ भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका छन् ।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा सहमति भएअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

आज बुधबार १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी गठबन्धनले दिएको छ । ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने बेहोरा अवगत गराइन्छ,’ चारै दलका शीर्ष नेतृत्वद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी