काठमाडौं । निर्देशन दीपेन्द्र लामाको नयाँ चलचित्र ‘२ नम्बरी’ यतिबेला सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले राम्रो व्यापार गरेको भन्दै २ नम्बरीका निर्माताले दीपेन्द्र लामालाई अर्को चलचित्रमा अनुबन्धित गरेका छन् ।
यस अघि चलचित्र ‘पोइ प-यो काले’को निर्माण गरेका दीपक मनाङे र किरण नेपालीले नयाँ चलचित्र ‘पोइ प-यो बुढो’ मा दीपेन्द्र लामालाई अनुबन्धित गरेका हुन् ।
यो चलचित्रको यतीबेला आफु स्कृप्ट लेखनमा व्यस्त रहेको निर्देशक दीपेन्द्र लामाले बताएका छन् । चलचित्रको छायाँकन भने तीन महिना पछि हुने पनि लामाले बताएका छन् ।
यस अघि चलचित्र पोई प-यो कालेको सिक्वेलको रुपमा पोई प-यो बुढो बनाउन लागेको बताईएको छ । यो चलचित्रको कलाकार’bout अहिले बताईएको छैन । पोई प-यो कालेमा रहेका कलाकार सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ मध्य केही कलाकार पोई प¥यो बुढोमा दोहोरिने भएका छन् ।






