गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

गुल्मी । गुल्मीमा स्वतन्त्रबाट उम्मेदवारी दिएका चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिने समय बुधबार दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

फिर्ता लिनेमध्ये सबै बागी बागी उम्मेदवार हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका कमल भुसालले उम्मेदवारी फिर्ता गरेका छन् । काँग्रेस निकट युवाहरुको संगठन नेपाल तरुढ दल, क्षेत्र नम्बर १ को सभापति रहेका भुसालले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका काँग्रेसका डाक्टर चन्द्र भण्डारीका विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्र नम्बर १ को ‘क’ मा उम्मेदवारी दिएका किरण शाहले उम्मेदवारी फर्ता गरेका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष समेत रहेका उनले गठबन्धनबाट माओवादी केन्द्रका सुदर्शन बरालबिरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनी हाल काँग्रेसको प्रदेश प्रतिनिधिको भूमिकामा रहेको काँग्रेस गुल्मीका सचिव जगदिश भट्राईले जानकारी दिए ।

गठबन्धनको तर्फबाट काँग्रेसका धनेन्द्र कार्कीविरुद्ध उम्मेदवारी दिएका कमल भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी केन्द्रको क्षेत्र नम्बर १ ‘ख’ का सचिव समेत रहेका भुसालले गठबन्धनको पूर्ण कार्यान्वयनका लागि उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र, गुल्मीका संयोजक बुद्धि जिसीले बताए । त्यस्तै क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सोही क्षेत्रबाट गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका बुद्धि जिसीलाई सघाउने गरी आफुले उम्मेदवारी फिर्ता लिएको अर्यालले बताए । अर्याल हाल काँग्रेस निकट गुल्मी काठमाडौ सम्पर्क मञ्चको सचिवको जिम्मेवारीमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा