सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति

काठमाडौं । बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह