‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ ।

कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो ।

कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक र प्रस्तावकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाले ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए उनीहरूमाथिको कारबाही फुकुवा हुने बताएका हुन् ।

मुख्यसचिव पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने बेहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारूढ गठबन्धन चार दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा