शीर्ष नेतालाई स्वतन्त्रबाटै चुनौती

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी बढेको छ । प्रमुख राजनीतिक दलका नेतासहित स्वतन्त्र उम्मेदवारहरू चुनावी कार्यक्रममा व्यस्त भएका छन् । निर्वाचनको मत परिणाम आप्mनो पक्षमा पार्नका लागि उम्मेदवार आन्तरिक तयारीसहित चुनावी मैदानमा उत्रिसकेका छन् ।

प्रमुख दलका शीर्ष नेतासहित स्वतन्त्र उम्मेदवार चुनावी कार्यक्रमसहित सर्वसाधारण घरदैलोमा पुगिरहेका छन् । घरदैलो, सभा, बैठक, भेटघाटलगायत कार्यक्रममा उम्मेदवार व्यस्त छन् ।

प्रमुख दलका शीर्ष नेतालाई स्वतन्त्र एवं गठबन्धनका उम्मेदवारबाट चुनौती थपिएको छ । चुनौतीबीच उनीहरू चुनावी परिणाम आप्mनो पक्षमा पार्न लागिपरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दल तथा स्वतन्त्र उम्मेदवार सर्वसाधारणबीच पुग्ने गरेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुरा १ बाट उम्मेदवार छन् । सो क्षेत्रमा एमालेले चक्र स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर, पछि नाम फिर्ता लिएको छ ।

देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन । एमालेले डडेलधुरा क्षेत्र १ मा नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

देउवा उठेको क्षेत्रमा जसपाले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र रूपमा विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ । ओली उठेको झापा क्षेत्र ५ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा जसपाले ओममाया आङदेम्बे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेसनल अर्गनाइजेसनले सानबहादुर मेचेलाई उम्मेदवार बनाएको छ ।
झापा क्षेत्र ५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कवीन्द्र सेर्मा लिम्बु, नेसनलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर जबेगु, नेपाली कांग्रेस (बिपी)ले शेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरेशकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

ओलीको क्षेत्रमा स्वतन्त्र रूपमा रोहितप्रसाद पौड्याल, दिपककुमार पाठक, रामचन्द्र बानिया“, भेषराज भट्टराई, सीताराम पोखरेल, तीर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणि दाहाल, केदारनाथ चापागाईं, रेवतीरमण खनाल र तुलसी राम काप्mलेले पनि उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र २ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारूढ गठबन्धनको समर्थन छ । प्रचण्डलाई चुनौती दिन एमालेले अब्दुस सलाम मिया“लाई गोरखा क्षेत्र २ मा उम्मेदवार बनाएको छ ।

प्रचण्ड उठेको गोरखा क्षेत्र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशील पन्त, नेपाल मजदुर किसान पार्टीले प्रल्हाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कुलबहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायणबाबु आचार्य, मंगोल नेसनल अर्गनाइजेसनले सोमबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी)ले टीकादत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा स्वतन्त्र रूपमा गणेश देवकोटा र विनोदकुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र १ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारूढ गठबन्धनको समर्थन छ । नेपाललाई चुनौती दिन एमालेले रौतहट क्षेत्र १ मा अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ ।

रौतहट क्षेत्र १ मा नेपाल मजदुर किसान पार्टीले वैद्यनाथ चौधरी, जनमत पार्टीले राजेन्द्रप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरोज कुमारी, नेपाल सुशासन पार्टीले रञ्जितकुमार पटेल, नेपाल जनता दलले सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले मिस्टर सूर्यदेवप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ ।

सो क्षेत्रमा स्वतन्त्र रूपमा अवधेशकुमार ठाकुर, राहुलकुमार मिश्र, अनिलकुमार लाल दास, राम अधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दनकुमार जयसवाल, रेवन्त झा, रामबलिकुमार यादव र कोशिला देवीले उम्मेदवारी दिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र २ बाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा जसपा र एमालेबीच तालमेल भएको छ । उपेन्द्र यादवलाई चुनौती दिन यस क्षेत्रमा सत्तारूढ गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जयप्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ । यही क्षेत्रबाट जनमत पार्टी अध्यक्ष डा सीके राउतसमेत उम्मेदवार बनेका छन् ।
सप्तरी क्षेत्र २ मा नेपाल मजदुर किसान पार्टीले देवनारायण यादव, हाम्रो नेपाली पार्टीले डम्बरनारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हजरत अली, नेपाली कांग्रेस (बिपी)ले चिरञ्जीवीलाल देव, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले सुमत्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीले प्रमिलादेवी मण्डल, नेपाली जनता दलले चन्द्रकुमारी देव र राष्ट्रिय स्वतन्त्र पार्टीले वरुणकुमार झालाई उम्मेदवार बनाएको छ ।

सप्तरी क्षेत्र २ मा स्वतन्त्र रूपमा वीरेन्द्रकुमार मिश्र, महेन्द्रप्रसाद देव, चित्तनारायण यादव र विनोदकुमार यादवले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र ३ बाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल गरिएको छ । यसैकारण, यहाँ एमालेले उम्मेदवारी दिएको छैन । झापा क्षेत्र ३ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई उठाएको छ ।

यस क्षेत्रमा जसपाले वीरबहादुर राई, नेपाल मजदुर किसान पार्टीले कृष्णगोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीले भोटलाल राजवंशी र हाम्रो नेपाली पार्टीले योगेन्द्रप्रसाद खनाललाई उम्मेदवार बनाएका छन् ।
त्यस्तै, झापा क्षेत्र ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देवीरमण भट्टराई, मंगोल नेसनल अर्गनाइजेसनले श्यामबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बिपी)ले भक्तिप्रसाद पनेरु, सचेत नेपाली पार्टीले ओमप्रकाश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश पाठकलाई उठाएका छन् । यस क्षेत्रमा स्वतन्त्र रूपमा प्रेमप्रसाद खनाल, डम्बरबहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)