मदन भण्डारीसंग भगवती चौधरीको त्यो भेट…

काठमाडौं । प्रतिनिधी सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट उम्मेदवार बनेकी भगवती चौधरी अहिले चुनावी चटारोमा छिन् । मतदाताको घर आँगनमा पुगेर उनीहरुका समस्यासंग साक्षात्कार गरेकी चौधरीलाई यसपाली सुनसरीका जनताले जिताएर पठाउने आश्वासन दिएका छन् ।

यस अघिका निर्वाचनमा कांग्रेस नेता विजय कुमार गच्छदारसंग दुई पटक भिडेकी चौधरी झिनो मतान्तरले पराजित भएकी थिइन् । त्यसो त चौधरीलाई चुनाव जिताउनका लागि यसपाली एमाले नेतृत्वले बढी नै चासो दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले ‘भगवतीलाई जसरी पनि जिताउनु पर्छ ।’ भनेकाले पनि यसपाली उनको जित सुनिश्चित भएको एमाले कार्यकर्ताको दावी छ ।

महिलाहरुलाई उद्यमशिल बनाउन भुमिका खेलेकी चौधरीलाई कलेज पढ्दासम्म राजनितीप्रति खासै चासो थिएन । ०४८ सालमा महेन्द्र मोरङ कलेज बीराटनगर पढ्दै गर्दा । भगवतीका साथीहरुले तत्कालिन एमाले महासचिव मदन भण्डारीको निकै चर्चा गर्थे । उनी खासै चासो दिन्न थिइन् ।

‘मदन भण्डारीले ७ घन्टासम्म भाषण गर्छन् रे । राजालाई सिधै चुनौति दिएका मान्छे रे ।’ यस्तै कुरा हुन्थे साथीहरुको विचमा । ‘मदन भण्डारीको नाम सुनेपछि राजा पनि डराउछन् रे ।’ सम्मका कुरा हुन्थ्यो खासमा त्यती बेला सुनसरीमा कम्युनिष्ट नेताको उतीसारो चर्चा हुन्थेन । बढी चर्चा बिजयकुमार गच्छेदारकै हुन्थ्यो । त्यतिवेला गच्छेदारलाई कांग्रेसको नेता भन्दा पनि गिरीजाप्रसाद कोइरालाको पार्टीको मान्छे भनेर चिन्थे ।

त्यही वेला मदन भण्डारी आफु पढेको कलेजमा भाषण गर्न आउने कुरा भगतीले थाहा पाईन् । उनी साथी थिइन् अञ्जली । उनले भनिन् ‘आज हाम्रो कलेजमा मदन भण्डारी आउदै हुनुहुन्छ जाऔं भाषण सुन्न ।’

भगवती अञ्जलीसंगै डेराबाट हिँडिन् उनी पुग्दा मदन भण्डारीको भाषण आधा भैसकेको रहेछ । आधा भाषण सुनेपछि चौधरीलाई लाग्यो । ‘नेता भनेको त यस्तो पो हुँनु पर्ने रहेछ ।’ उनलाई थोरै सम्झना छ । मदनले भाषणमा राजपरिवार र दरवारको वारेमा यस्तो कडा बोल्नु भयो । त्यसअघि त्यसठाउँमा दरवारको विषयमा त्यसरि बोल्ने हिम्मत कसैले गरेकै थिएन ।

‘जनताले आफ्नो अधिकार पाउनुपर्छ । आफ्नो अधिकारका लागि जनता आफैं अगाडी आउनुपर्छ । दरबार र दरवारको वरिपरि बस्नेहरुलाई जनताको अधिकार मिच्ने छुट छैन ।’ मदनले भनेको यो कुरा अहिले पनि बिर्सेकी छैनन् उनले ।

जब मदन फर्किए । उनको चर्चा अझ बढी हुन थाल्यो । चौधरीका परिवारका सदस्य पनि धेरै जसो कांग्रेस समर्थक थिए तर, उनलाई लागेको थियो समाज परिवर्तनका लागि कम्युनिष्टनै चाहिन्छ । ‘मदन भण्डारीको त्यो भाषण सुनेपछि मलाई राजनितीमा अघि बढ्ने प्रेरणा र उर्जा दुबै मिल्यो ।’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९