मंसिर ४ को सुनाव सामान्य होइन : प्रधानमन्त्री

????? ??????? ?????? ?? ??????????? ??????? ???? ?????? ?????? ?????? ?????? ???? ????? ????????????? ??? ?????? ?????????? ?????? ????????? ?????, ????? ????????? ????????? ??????? ????? ??? ???? ??????? , ????? ???? ??????? ????????? ?????, ???????? ?????? ???? ??????? ??????? , ?????????? ?????? ???? ????????? ??????, ?????????? ????, ???????? ???? ?????? ?????? ????? ???? ????? ? ?????? : ???????? ??? , ???? ?????


जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको रक्षा तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अगामी चुनावमा पाँच दलीय गठबन्धनको जीत आवश्यक भएको बताएका छन् ।

गठबन्धनले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आमा बुबाको नागरिकता भएका सबै नेपाली नागरिकले निर्वाचनपछि सहज तरिकाले नागरिकता पाउने बताए ।

उनले वर्तमान गठबन्धनको निर्माण लोकतन्त्र तथा संविधानको रक्षाका लागि भएको बताउँदै यसको निरन्तरता मुलुकका लागि अझै आवश्यक भएको बताए ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेको चुनाव सामान्य चुनाव नभएको बताउँदै मुलुकलाई सही दिशा दिनका लागि भएको उल्लेख गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन मुलुकमा अग्रगमन चाहनेहरूको भएको बताउँदै संविधान, सङ्घीयता र गणतन्त्रको रक्षाका लागि बनेको उल्लेख गरे ।

उनले गठबन्धन विपरीत बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता नलिए सबै प्रदेशको कार्यक्रम सकिएपछि त्यस्तालाई कारबाही गर्ने विषयमा गठबन्धन दलका नेताहरूबिच सहमति भएको बताए ।

प्रचण्डले वर्तमान गठबन्धनबाट जनता समाजवादी पार्टी नेपाललाई हटाउनुको कारणमा दोहोरो चरित्र भएको बताउँदै फाइदाका लागि विपक्षीसँग वार्ता गरेको पाइएकाले हटाइएको दाबी गरे ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा सुशासन, संविधानको पूर्ण कार्यान्वयन तथा विकासलाई गति दिन गठबन्धन बनेको बताए । मुलुकमा राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरद सिंह भण्डारीले गठबन्धन संविधानको रक्षाका साथै संविधानमा भएको कमी कमजोरीलाई सच्याउनका लागि बनेको बताए ।

पाँच दलीय गठबन्धनका संयोजक एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान गठबन्धन सत्ताको लागि मात्र नभई संविधानको रक्षा तथा मुलुकको समृद्धि एवं विकासका लागि भएको धारणा राखे ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयता, लोकतन्त्र तथा गणतन्त्रका लागि वर्तमान गठबन्धन बनेको बताउँदै गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नभएको बताए ।

नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति कृष्ण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना लगायतले पनि धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष