२०४८ सालदेखि संसद फेर्दै आएको रौतहट–४ मा के होला यो वर्ष ?

रौतहट । २०४८ सालयताको संघीय संसदमा कुनै पनि सांसदले दोहो¥याउन नसकेको रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी यस बर्ष पनि खुब तातेको छ । २०४८ सालयताको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा अहिलेसम्म कुनै संसद पनि दोहोरिएर नजितेको ठाउ“मा अबको निर्वाचनमा कसले बाजी मार्ला भन्ने सर्बत्र चासोको बिषय बनेको हो ।

क्षेत्र नं. ४ को २०४८ साल यताको इतिहास हेर्ने हो भने २०४८ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट डा. बंशिधर मिश्रले जितेका थिए । मिश्रले नेपाली कांग्रेसका उमेदवार उद्धब ढकाललाइ हराएका थिए र त्यसपछि २०५१ सालको मध्याबधि निर्वाचनमा नेपाली कांग्रेसका उद्धब ढकालले डा. मिश्रलाइ हराएर चुनाब जितेका थिए ।

२०५५ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट माधब कुमार नेपालले जितेका थिए उक्त निर्वाचनमा पनि कांग्रेसका ढकाल पारजित भएका थिए । २०५६ सालको उप निर्वाचनमा नेपाली कांग्रेसका प्रकाश कोइरालाले एमालेका उमेदवार रामकुमार भट्टराईलाइ पराजित गरी जित हात पारेका थिए ।

त्यस्तै २०६४ सालको संबिधान सभाको निर्वाचनमा नेकपा माओबादी केन्द्रका देबेन्द्र पटेलले माधब नेपालाइ हराएर जितेका थिए । यसैगरी २०७० सालको संबिधान सभाको निर्वाचनमा हालका संघिय संसद देब प्रसाद तिमलसिनालाइ हराएर नेकपा एमालेको तर्फबाट राम कुमार भट्टराईले चुनाब जितेका थिए र २०७४ सालको निर्वाचनमा नेकपा एमालेका डा.बंशिधर मिश्रलाई हराएर नेपाली कांग्रेसका देबप्रसाद तिमलसिनाले जित हात पारेका थिए ।

यस बर्ष यो क्षेत्रमा नेकपा एमालेका नेता उद्धब रेग्मी संघीय संसदमा उठेका छन । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका संघीय संसदका उमेदवार रेग्मी अहिले चुनाबी प्रचार प्रसारमा ब्यस्त छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा केही मतले मात्रै पराजित भएका रेग्मी सर्वप्रिय छन ।
२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन चन्द्रनिगाहपुर गाबिस अध्यक्षमा निर्वाचित भएर सफल कार्यकाल पुरा गरेका नेता रेग्मी संघिय संसदमा उठेपछि मतदाताहरु पनि उत्साहित भएका छन ।

घरदैलो अभियानमा मतदाता संग भेटदा उत्साह झन बढेको संघिय संसदका उमेदवार रेग्मीले बताए ।

यस क्षेत्रका जनताले २०४८ सालको निर्वाचन यता कुनै पनि उमेदवारलाई दोहोराएर नजिताएको कारण पनि यस बर्षको निर्वाचनमा आफुलाइ अपार माया र मतका साथ बिजयी हुनेमा ढुक्क रहेको रेग्मीको प्रतिक्रिया छ ।

जनताको काम गर्दा अहिलेसम्म जनताको अहित हुने काम नगरेको र जनता माझ कुनै नराम्रो दाग समेत नभएको कारण जनताले आफुलाइ जिताउनेमा विश्स्वस्त रहेको उनको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेसले सोही क्षेत्रमा निवर्तमान संघीय संसद देबप्रसाद तिमलसिनालाई संघीय संसदमा उठाएको छ । सत्ताधारी गठबन्धनको तर्फबाट तिमलसिना संघिय संसदको लागी यस क्षेत्रमा तेश्रो पटक प्रधिस्पर्धा गदैछन । पहिलो पटक उनी तत्कालीन नेकपा एमालेका उमेदवार रामकुमार भट्टराईसँग पराजित भएका थिए भने दोश्रो पटक २०७४ सालको निर्वाचनमा डा. बंशिधर मिश्रलाइ हराएर संसद भएका थिए ।

यस्तै रौतहट क्षेत्र नं. ४ को क मा नेकपा एमालेको तर्फबाट पुराना नेता अखिलेश्वर चौधरी उठेका छन भने ख मा जसपाको तर्फबाट अब्दुल कलाम आजाद (फुलबाबु) उठेका छन ।

त्यसैगरी सत्ताधारी गठबन्धनबाट क मा नेकपा माओबादी केन्द्रका युवराज भट्टराई उठेका छन भने ख मा नेकपा एसका शेख सतार उठेका छन । क्षेत्र नं. ४ को क मा भने नेकपा एसको तर्फबाट बालकृष्ण श्रेष्ठले उमेदवारी दिएर प्रचार प्रसारलाइ तिब्रता बनाएका छन ।

२०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ को क मा नेपाली कांग्रेसका धनलाल ठोक्कर बिजयी भएका थिए भने ख मा स्वतन्त्र उमेदवार अब्दुल कलाम आजाद बिजयी भएका थिए । आजादले अहिले जसपाबाट उमेदवारी दिएका छन ।

रोचक कुरा के छ भने रौतहट क्षेत्र नम्बर ४ मा हाल सम्म कुनै पनि संसदले यस क्षेत्रमा दोहोराएर चुनाब जितेका छैनन । यसबर्ष पनि नया अनुहार देखिन सक्ने स्थानिय मतदाताहरुले आकलन गर्न थालेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९