Saturday, September 25, 2021
Your Ads Here
Homeखेलएनओसीको डक्टर ‘समूह’

एनओसीको डक्टर ‘समूह’

,
sharethis


काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै खेलाडीहरुको स्वास्थ्यको लागि डाक्टरको समूह (प्यानल) गठन गरेको छ । डाक्टर प्यानलमा नेपाल ओलम्पिक कमिटिका प्रमुख चिकित्सक डाक्टर सरोजकृष्ण श्रेष्ठ, पाटन अस्पतालका प्रोफेसर डक्टर नविस मान सिंह प्रधान, राखेपबाट डाक्टर राजु डंगोल, डाक्टर हेमन्त चन्द र नेपाल पुलिसको तर्फबाट पुनम पाठक रहेका छन् ।


नेपाल ओलम्पिक कमिटिले सातदोबाटोस्थित ओलम्पिक भवनमा एकदिने सचेतनात्मक कार्यक्रमको आयोजना गर्र्द खेलाडीहरुको सहजताका लागि डाक्टर प्यानल गठन गरिएको र यसबाट खेलाडीहरुले लाभ लिने सक्ने एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताएका छन् । यसबाट खेलाडीहरु डोपिङबाट पनि बच्न सक्ने र यो डाक्टरके प्यानलले खेलाडीहरुमा कुनै समस्या आएमा उनीहरुलाई सहयोग गर्न हर समय उपलब्ध हुने अध्यक्ष श्रेष्ठले बताएका छन् । कार्यक्रममा अनुभवी डक्टर इपिडिमियोलोजी तथा रोग नियन्त्रण डिभिजनका पुर्व निर्देशक तथा नेपाल स्वास्थ्य सेवा विभाग अन्तरगतका डाक्टर बाबुराम मरासिनीहरुले कोरोना भाइरस र रोकथामको उपायहरुको बारेमा व्याख्या गरेका थिए । एक दिने सचेनात्मक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठसँगै टोकियो ओलम्पिकलाई वाइल्ड कार्डको लागि प्रयास गरिरहेको २२ जनाको उपस्थिति रहेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   टेबलटेनिस टोली कतारतर्फ


नेपाल ओलम्पिक कमिटिले यसपटका टोकियो ओलम्पिकमा विभिन्न खेलमा १५ खेलाडीलाई वाइल्ड कार्ड र र ७ पदाधिकारी पठाउने तयारी गरेको छ । पौडीबाट दुई र म्याराथनबाट १ खेलाडीले सहभागिता जनाउने पक्का भइसक्दा कराँते, आर्चरी, सुटिङ, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन र जुडोबाट खेलाडीको नाम वाइल्ड कार्डको लागि पठाइसकेको छ ।
टोकियो ओलम्पिक जापानमा २४ जुलाईदेखि ९ अगस्टसम्म आयोजना हुने तय छ । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गर्ने तय भइसकेको छ । जसका लागि २०६ देशका ११ हजार ९१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

आजको समाचार

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

साताका लोकप्रिय समाचार

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

ट्रेन्डिङ

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनामा समन्वय नभएको भन्दै गण्डकीको विरोध

  पोखरा । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएकोप्रति गण्डकी प्रदेश सरकारले विरोध जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले शनिबार उक्त कार्यालय...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दुई खेल खेलेर अफ्रिदी फर्किने
...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)