राजधानीकर्मी अधिकारी सम्मानित


बर्दिया । खाता जैविक मार्गमा हात्ती संरक्षण तथा हात्तीप्रती सकारात्मक मानव व्यवहारबाट मावन – हात्ती सहअस्तित्व कायम गर्ने अभियानमा कलम चलाए वापत बर्दिया स्थित राजधानी संवाददाता सुदीप अधिकारी सम्मानित भएका छन् । बिहाबार आयोजित एक कार्यक्रममा अधिकारी सम्मानित भएका हुन् ।

वन्यजत्तु तथा वातावरण संरक्षणका सवालमा उत्कृष्ट समाचार सम्प्रष्ण गरे वापत उज्यालो नेपालद्धारा सञ्चालित ‘ हात्ती मेरो साथी ’ संस्थाले राजधानीकर्मी अधिकारीलाई सम्मानित गरेको हो ।

बिहाबार आयोजित विशेष कार्यक्रममा उज्यालो नेपाल कार्यक्रमका अध्यक्ष नवराज न्यौपाने र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले संयुक्त रुपमा सम्मान पत्रसहित अधिकारीलाई सम्मान गरेका हुन् । राजधानीकर्मी अधिकारीले विगत १२ वर्षदेखि वन्यजन्तु तथा वातावरण संरक्षणका पक्षमा कलम चलाउँदै आएका छन् ।

यसैगरी कार्यक्रममा उज्यालो नेटवर्कका बर्दिया संवाददाता भावुक योगी, नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे, नेपाल टेलीभिजनका संवाददाता डिलप्रकाश गौतम पनि सम्मानित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही