जव मनिषा काेइरालाकाे निधन भएकाे हल्ला चल्याे‍‍‍‍

मुम्बई । फिल्म हिट बनाउन प्रमोसनको उत्तिकै आवश्यकता पर्छ । एक समय थियो, जहाँ फिल्मको प्रमोसन पोस्टर र होडिङ बोर्डबाट गरिन्थ्यो । तर, आजको समय साउथदेखि लिएर बलिउडका स्टार पनि फिल्मको प्रमोसनका लागि विभिन्न स्थानमा भएका कार्यक्रममा पुग्छन् । जसका लागि पानी सरह पैसा खर्च गरिन्छ । अहिलेका निर्माताहरु फिल्म हिट गराउनका लागि सीमा नै नाघ्छन् ।

२८ वर्षअघि रिलिज भएको फिल्म ‘क्रिमिनल’ को समयमा पनि फिल्मका निर्माताले सीमा नाघेका थिए । सन् १९९४ मा रिलिज यो फिल्ममा मनिषा कोइराला प्रमुख भूमिकामा थिइन् । फिल्ममा उनीसहित नागार्जुन, राम्या कृष्णन र जोनी लिभर पनि थिए । महेश भट्ट निर्देशित फिल्ममा मुकेश भट्ट निर्माता थिए ।

यो फिल्म हिट बनाउन निर्माताले झुटको सहारा लिनु परेको थियो । जुन झुटमा फ्यान दुःखी बनेका थिए । निर्माताले फिल्मको प्रमोसनका क्रममा मनिषाको निधनको खबर सार्वजनिक गरेका थिए ।

निर्माता आफ्नो फिल्मको ’boutमा जोकोहीले थाहा पाउन भन्ने चाहन्थे । त्यसका लागि मनीषाको निधनको झुटो खबर सहारा लिए । फिल्ममा मनिषाको निधन हुने भएकाले निर्माताले प्रमोसनमा मनिषाकै मृत्युको झुटो खबरलाई प्राथमिकता दिएका थिए । यो खबरलाई फ्यान मात्र होइन, बलिउडका सेलिब्रेटीले नै सत्य मानेका थिए ।

तर, निर्माताको यो निर्णय आफ्नै लागि घातक बन्यो । किनकि जब मानिसहरूले सत्य थाहा पाए, तब फिल्मप्रति उनीहरु भड्किए । दर्शकले फिल्मलाई ‘घटिया’ बताएपछि फिल्म फ्लप साबित भयो ।

‘क्रिमिनल’ हलिउड फिल्म ‘द फुगिटिभ’को हिन्दी रिमेक थियो । फिल्मको कथा पत्नीको हत्या आरोप लागेका एक डाक्टरमा केन्द्रित थियो ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्