बारा–३ मा लालबाबुको पक्कड बलियो बन्दै

कलैया । मंसिर ४ गते हुने आम निर्वाचन अब २ साता मात्रै बाँकी छ। देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु प्रचार-प्रसारमा व्यस्त छ्न । प्रचार-प्रसारकै क्रममा बारा क्षेत्र नं. ३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का लालबाबु सिंह लोकप्रिय बन्दै गएका छ्न ।

क्षेत्रका जनतामाँझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै गएपछि उनी आफू विजय हुने भनी ढुक्क छ्न् । दैनिक जनतामाँझ गइरहेका सिंह सभ्य र सालिन नेताका रुपमा पहिचान बनाएका छ्न्। पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनी बेदाग नेताका रुपमा चिनिन्छ्न् ।

नेपाली कांग्रेस बाराको जिल्ला सभापति भइसकेका सिंह उम्मेद्वार मोनोनयपत्र दर्ता गर्ने दिन लोसपाको उम्मेद्वार बनेपछि उनलाई गठबन्धनका दल मात्रै नभई नेकपा एमाले र जसपाका समर्थकहरुले समेत साथ दिने निश्चित भएको छ । अन्य उम्मेदवारहरु यसअघि पनि बारा ३ को प्रतिनिधित्व गरिसक्दा समेत बिकास तथा परिवर्तनको महसुस गर्न नपाएपछि यसपाली सिंहलाई आफ्नो क्षेत्रको सांसद बनाउन आतुर रहेको स्थानीयले बताएका छन् ।

बारा क्षेत्र न. ३ बाट जनता समाजवादी पार्टी (जसपा) का रामबाबु कुमार यादव पुनः उम्मेद्वार छ्न्, उनी वर्तमान सांसदसमेत हुन। नेकपा एमालेबाट भने यसअघि बारा ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला साह उम्मेद्वार छिन् । २०७० सालको आम निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकी साह नेकपा विभाजनका बेला एमाले रोजेकी थिइन। माउ पार्टीले उनलाई कारवाही गरेर निकालेपछि करिब २ वर्ष सो क्षेत्र प्रदेशसभा सांसद विहिन थियो। संसद विघटनपछि ओलि सरकारमा केन्द्रीय मन्त्री बनेकी साह सो अगाडि समेत २ पटक केन्द्रीय मन्त्री बनेकी थिइन। ३ पटक मन्त्री बन्दासमेत क्षेत्रको लागि खासै काम गर्न नसकेकी साहका समर्थकहरु नै सिंहको साथमा लागेपछि उनी कमजोर बनेकी हुन् ।

यता, जसपाबाट सांसद जितेर पुनः उम्मेद्वार बनेका यादवले विगतको ५ वर्षमा आफ्ना आसेपासे कार्यकर्ताको पोषण गर्नमा मात्रौ व्यस्त रहेको तथा परिवारवादमा लिन भएको भन्दै उनको घरदैलो कार्यक्रम तथा चुनावी सभाहरुमै खुल्ला विरोध हुनथालेपछी उनी तनावमा परेका छ्न।

क्षेत्र न. ३ भित्रै पर्ने विवादित टाङ्गिय वस्तीमा संसदीय कोषको रकम दुरुपयोग गरी बिजुलीको पोल गाडेपछि उनको बिरोधको आगोमा थप घ्यु थपिएको जानकारहरु बताउँछ्न। चुनावको मुखमा अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले खाली गराउन लागेको ‘ईलिगल कब्जा’ वस्तीमा भोटको राजनीतिका लागि पोल गाडेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ।

यता, साह र यादवभन्दा अलग सफा छविका सिंह आम नागरिकको रोजाई बन्न पुगेका छ्न् । युवा, बुद्धिजीवी, व्यापारी, महिला तथा हरेको सहयोग पाइरहेका सिंहको लोकप्रियता बढेसँगै आउने दिनमा क्षेत्रको चौतर्फी विकास हुने भनी यहाँका जनता ढुक्क छ्न्।

गठबन्धनका साझा उम्मेद्वार सिंहले पनि आफू निर्वाचित भए सर्वप्रथम राजनीतिक कारणले रोकिएको मानवत (मटिअर्वा सडकखण्ड अन्तर्गतको औधापुर) विश्वम्भरपुरको सडक निर्माण गराउने तथा कलैयामा ठूल–ठूला योजनाहरु संचालनमा ल्याउने घोषणा समेत गरेका छ्न्।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९