अनलाइन लाइसेन्स आवेदन बन्द


काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाएकाे छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको छ ।

विभागले लाइसेन्स छपाइ र वितरण लामो समयदेखि चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाले करिब तीन वर्षसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

माओवादी बैठकमा गृहमन्त्री र राष्ट्रपतिवारे भएन छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित